चैत १८ दाङ। खानेपानी समितिले कार्यक्षेत्र भन्दा बाहिरका उपभोक्ताहरुलाई धारा वितरण गर्न थालेको भन्दै दाङको भालुबाङ खानेपानी समितिअन्र्तगतका उपभोक्ताहरु आन्दोलित भएका छन् ।
समितिले लालमटियामा उपभोक्ताको सहमति विना नै मनोमानी ढंगले करिब ६० वटा धारा वितरण गर्न थालेको भन्दै आज उपभोक्ताहरुले भालुवाङ क्षेत्रमा नाराजुलुस सहित प्रर्दशन गरेका छन् । उनिहरुले आज बिहान खानेपानी समितिको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्नासमेत दिएका छन् ।
एसियाली विकास बैंकको सहयोग र स्थानीय उपभोक्ताहरुको श्रमदानमा निर्माण भएको आयोजनाबाट भालुवाङ, पुल्चोक, पाखापानी र धारापानी क्षेत्रका उपभोक्ताहरुलाई पानी वितरण गरिएको छ ।
0 comments:
Post a Comment