Sahara Sansar

Monday, April 4, 2011

सुडान घोटलामा निर्दोस रहेको महानिरीक्षक ठकुरीको बयान

चैत २१ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सुडान घोटाला प्रकरणका सम्बन्धमा सोमबार नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द्र ठकुरीसँग बयान लिएको छ । सुडानमा शान्ति स्थापनाका लागि खटिएको नेपाल प्रहरीका लागि आवश्यक सामाग्री खरदिको रकम फिर्ता नआउने स्थिति थाहा पाउँदा पाउँदै पनि बुक फर लोन को बहानामा प्रहरी महानिरीक्षक ठकुरीले अन्तिमपटक दुईपटक भुक्तानी दिएको अभियोग अख्तियारको छ ।

महानिरीक्षक ठकुरीले सुडान घोटाला प्रकरणमा अन्तिम भुक्तानी गर्ने समय २०६६ साउन १९ गने रहँदा रहंदै बदनियत पूर्वक एक महिना अगाडि सबै रकम भक्तानी दिएको राज्यव्यवस्था समितिको छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । यद्यपी महानिरिक्षक ठकुरीले बयानका क्रममा भने आफु निर्दोस भएको बताउनु भएको छ ।

केही दिनअघि नै अख्तियारले बोलाएपनि गृह मन्त्रालय र समितिका बैठकमा प्रति उत्तरमा बोलाएको बताएर प्रहरी महानिरीक्षक ठकुरीले बयान टार्दै आउनुभएको थियो । ठकुरीको बयानपछि अख्तियारले मुद्धा दर्ता प्रकि्रया अगाडि बढाउने बताएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae