Sahara Sansar

Monday, May 2, 2011

नयाँ संविधानको मस्यौदा सार्वजनिक गर्नुपर्ने मगर विद्यार्थी संघको माग

0 comments

रूद्र श्रीस मगर
 वैशाख १९ लिवाङ, रोल्पा। नेपाल मगर विद्यार्थी संघले जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन नसक्ने ठहर गर्दै संविधानको मस्यौदा सार्वजनिक गर्न माग गरेको छ । संघको रोल्पा सदरमुकाम लिवाङमा शनिबार सम्पन्न केन्द्र ीयसमितिको पाँचौं पूर्ण बैठकले सो माग गरेको हो ।

यही परिस्थितिमा नयाँ संविधान तत्काल जारी हुन नसक्ने भएकाले कम्तीमा मस्यौदा भएपनि सार्वजनिक गर्नुपनेर्  संघको माग रहेको अध्यक्ष माधवकुमार दर्लामीमगरले जानकारी दिनुभयो । साथै, संघको सो बैठकले गत फागुनमा सिन्धुलीमा संघको राष्ट्रिय विस्तारित भेला भव्य रूपमा सम्पन्न भएको ठहर समेत गरेको छ ।

नयाँ संविधानमा मौलिक अधिकारसहितको विभेदरहित शिक्षा आजको आवश्यकता, आत्मनिर्णयको अधिकारसहित मगरात स्वायत्तता भन्ने नाराका साथ सम्पन्न बैठकले मगर जातिको हक अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गराउन र शैक्षिक आन्दोलनलाई अघि बढाउनका लागि संघर्षका कार्यक्रम तय गर्ने भएको छ । सोका लागि संघले अध्यक्ष दर्लामीको नेतृत्वमा पाँच सदस्यीय संयोजन समिति निर्माण गरेको छ
भने नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सक्रिय सहभागी हुने निर्णय गरेको छ । आसन्न राष्ट्रिय जनगणना २०६८ मा मगर जातिको सही तथ्याङ्क संकलनका लागि गणकसँगै संघले आफ्नो तर्फबाट पर्यवेक्षक खटाउने र देशव्यापी रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको महासचिव नरे न्द्र थापामगरले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष विश्वप्र सिद्ध गायक अरूण थापामगरको स्मृति दिवसका अवसरमा प्रदान गरि ँदै आएको यस वर्षको अरूण स्मृति संगीत पुरस्कारका लागि छनौट गर्ने जिम्मेवारी केन्द्रीय सचिवालय समितिलाई दिइएको छ । मगर जातिको मातृभाषा मगर भाषामा शिक्षा प्रदान गर्नका लागि हाल व्यवस्था भएको प्राथमिक तहसम्मको पाठ्यक्रमलाई देशव्यापी कार्यान्वयन गराउन पहल गनेर्  निर्णय समेत संघले गरेको छ । यसअघि, बैठकको उद्घाटनसत्रमा नेपाल मगर संघ रोल्पाका सचिव हिराबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व सभापति खेम बुढामगर, अठार मगरात मगर प्रतिष्ठान रोल्पाका पूर्व अध्यक्ष दयाबहादुर बुढामगर, जिल्ला शिक्षा कार्यालय रोल्पाका विद्यालय निरीक्षक दलबहादुर थापामगर, संघका केन्द्रीय उपाध्यक्ष गणेश पहराईमगरलगायतले मातृभाषा शिक्षाका लागि मगर विद्यार्थी संघले देशभरि जागरण फैलाउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Read More......

राष्ट्रिय जनगणना सम्बन्धी जनचेतनामूलक अभियान जारी

0 comments

मीना थापा मगर
 बैशाख १९  पोखरा। नेपाल मगर संघ कास्कीले वैशाख १ गतेदेखि निरन्तर रुपमा आफ्ना मातहतमा रहेका इकाइका मगर समुदायहरुमा पुगी राष्ट्रिय गनगणनामा आफ्नो नामको पछाडि मगर शब्द लेख्न र मातृभाषा, धर्मको बारेमा यथार्थ जानकारी दिन आग्रह सहित सचेतनामूलक कार्यक्रम अभियान शुरु गरेको छ । नेपाल मगर संघ कास्कीको पहलमा र विभिन्न इकाई समितिको आयोजनामा यस खालको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
     
 हालसम्म माझवेसी, दिपबगर, नयाँबजार, बैदाम, छोरेपाटन, रामबजार, माटेपानी, बुढीबजार, लामास्वाँरा, तालचोक, भण्डारढिक, अघौं, ढुंगेपाटन इकाई समितिमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । यसबाहेक बाँकी इकाइ कमिटी र मगर समुदायमा पुगी यस खालको अभियान सञ्चालन गरिने कास्की जिल्ला
अध्यक्ष पूर्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।
      
खासगरी हालसम्मको राष्ट्रिय जनगणनामा नेपालका आदिवासी जनजातिहरुको वास्तविकता तथ्याङ्क नआएकाले आफूहरुको सत्यतथ्य पहिचान र चिनारी सहितको गणना होस् भन्ने उद्देश्यले यस खालको चेतनामूलक अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।
      
भरखरै सम्पन्न भरतपोखरी गाविसको बागमारा, गगनगौंडा स्थित कालिका नगर इकाई कमिटी गरी हालसम्म कास्की जिल्लमा ३० वटा मगर इकाइ समिति गठन भइसकेको छ भने कास्की जिल्लाका अन्य ठाउँमा पनि कमिटी गठन गर्ने अभियान जारी रहेको अध्यक्ष राना मगरले जानकारी दिनुभयो ।
      
यसैगरी नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चाल समितिको सम्पन्न बैठकले ग्रामिण भेगका केही जातिका समुदायले खस भाषा पनि राम्रोसँग बोल्न नसक्ने हुनाले उनीहरुबाट सत्यतथ्य गणना आउन नसक्ने हुनाले सम्बन्धित समुदायमा सम्बन्धित जाति विशेषका गणकको सहभागिता गराउनको लागि पहल गर्ने निर्णय गरेको छ ।

Read More......

सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु

0 comments

मीना थापा मगर
 बैशाख १९ पोखरा। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा र लखन बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ६ दिने सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ।

तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य चन्द्रबहादुर ठकुरीले सहकारीको आधारभूत विषयबारे स्पष्ट पार्नुभयो । यसैगरी कार्यक्रममा लखन बचत तथा ऋण सहकारी संस्थाका कानुनी सल्लाहकार महेन्द्रमान व्यथित, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती राना मगर, प्रशिक्षक एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा शाखाका अधिकृत बालकृष्ण सुवेदी, ना.सु. यामबहादुर राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
      
लखन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विष्णुमाया पुन मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले गर्नुभएको थियो । सोमबार देखि शुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुने जनाएको छ । तालिममा लखन बचत तथा ऋण सहकारी एवं जनचेतना बचत तथा ऋण सहकारी संस्थाका सदस्य लगायत कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको छ ।


Read More......

भूमिहिनहरुलाई जग्गा वितरण

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १९ गोरखा। सँधै दरौंदी खोला हिंड्ने गरेको स्थानमा खेत बन्छ भनेर कमैले सोचेका थिए । माओवादी नेता डा. बाबुराम भट्टराईले दरौंदी नदिलाई तटबन्ध बाँधेर यहाँको जमिन भूमिहिनहरुलाई वितरण गरिन्छ भनेपछि सबैमा आशा पलाएको थियो ।

दरौंदी नदिका दायाँ बायाँ किनारामा तटबन्ध लगाएपछि यहाँको १६०० रोपनी जमिन भूमिहिनहरुले पाएका छन् ।नदी नियन्त्रण भएपछि गोरखा नगरपालिका वडा नं. ९,१० र मिरकोट ५ मा पर्ने झोलुङगे फाँट, लाम गरा, हात्तिसर लगायतका फाँटको भुभाग संरक्षित भएको हो ।

जग्गा जमिन भएका र विपन्न परिवारलाई प्रक्रिया पु¥याएर जग्गा वितरण गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर भण्डारीले जानकारी दिनुभयो ।दुईवर्ष अघि बनेको उक्त समितिले नदी नियन्त्रित भुभाग वितरण गदैर् आइरहेको छ ।समितिमा २०० जना सदस्य रहेका छन् । सबैलाई जग्गा दिन भने नसकिएको उहाँे जानकारी दिनुभयो ।

खेत भएकाहरुलाई जग्गा नदिएको स्थानीय समाजसेवी सूर्य भण्डारीले बताउनुभयो । बहुसंख्यक कुमाल र दलितलाई जग्गा वितरण गरिएको छ । जग्गा १५ मिटरदेखि बढीमा परिवार संख्या अनुसार २ रोपनी सम्म वितरण गरिएको छ ।जग्गा पाउनेहरुले बाबुरामले भनेको पु¥याए भन्दै खुशी व्यक्त गरेका छन् ।

Read More......

खोलाले बगाउँदा २ जनाको मृत्यु

0 comments

बैशाख १९ तनहुँ।  तनहुँमा सोमबार बिहान दाउरा खोज्न जाने क्रममा मस्र्याङ्गदी  नदिले बगाउँदा  गोरखा घ्याम्पेसाल गाविस घर भई हाल तनहुको आवुखैरेनी गाविस वडा नं ६ आवुखरैनी बजारमा बस्ने ३३ वर्षिय आमा गिता गुरुङ्ग र १८ र्वषिय छोरी विनिता गुरुङ्गको ज्यान गएको ईलाका प्रहरी कार्यलयले जनाएको छ । 

दाउरा खोज्न जाँदा नदि पार गर्ने क्रममा दुवैलाई नदिले बगाएको हो ।


Read More......

माग राख्ने सभासद नै अनुपस्थित भएपछि बैठक स्थगित

0 comments

बैशाख १९ काठमाडौं।  माग राख्ने सभासद नै अनुपस्थित भएपछि स्थगित भएको संवैधानिक समिति बैठक अहिले फेरि बसिरहेको छ । संवैधानिक समितिमा अल्पसंख्यक मुस्लिमका माग उठाउँदै आएका सभासद सदरुल मियाँ अनुपस्थित भएपछि पूर्वनिर्धारित बैठक अहिले फेरि बसिरहेको हो । 

चारजना सभासदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक समितिका सभापति निलाम्बर आचार्यलगायत प्रमुख दलका नेताहरुले आधा घण्टा जति पर्खिनुभएको थियो । तर संवैधानिक समिति बैठक चलाउनका लागि छलफल आवश्यक भएकाले फेरि सभासदहरुसँग बसी निकासको पहल गरिएको हो ।

 २८ दलीय संयन्त्रको बैठकले अल्पसंख्यक समूदायका सभासदले उठाएका माग संबोधन गर्न प्रमुख तीन दलका संसदीय दलका नेतालगायत संविधानसभा अध्यक्ष र संवैधानिक समिति सभापतिलाई जिम्मा लगाएको थियो ।

Read More......

१० जनाद्धारा उम्मेदवारी फिर्ता

0 comments

बैशाख १९ काठमाडौं।  राजधानीमा जारी नेपाल पत्रकार महासङ्घको २३ औं महाधिवेशन अन्तर्गत भोलि हुने निर्वाचन अगावै सोमबार १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोषाध्यक्षका उम्मेदवारहरु नारायण अमृत, र वीरमान शेर्पाले नाम फिर्ता लिएका हुन् । प्रतिष्ठान सदस्यबाट माधव दुलाल, शंकर खरेल र यम प्रधानले नाम फिर्ता लिएका छन् । 

दलितबाट हिरालाल विश्वकर्मा, मधेशी सदस्यबाट विजयकुमार विवेकानन्द, मध्यपश्चिमाञ्चलबाट अर्जुन गिरी, श्रीराम सिग्देल र भीमबहादुर सिंहले नाम फिर्ता लिनुभएको छ ।


Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae