जेठ २१ काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रिय नेताहरुको सुरक्षामा खटिएका लडाकुहरुले आफुसँग रहेको हतियार आआफ्ना कमाण्डरलाई आज बुझाएका छन् ।काठमाडौंमा रहेका केन्द्रीय नेताहरुको सुरक्षामा खटिएका लडाकुहरुले आज आफुसँग रहेको हतियार कमाण्डरहरुलाई बुझाएको माओवादीले जनाएको छ । केन्द्रीय नेताहरुको सुरक्षामा करिब एक सय लडाकुहरु रहेका थिए ।
दोहोरो सुरक्षा व्यवस्था अन्त्य गर्ने सहमति बमोजिम पार्टीको निर्देशनमा लडाकुहरुले हतियार कमाण्डरलाई बुझाएका हुन । ती हतियारहरु कमाण्डरबाट जम्मा गरी चितवनस्थित शक्तिखोरमा रहेको माओवादी लडाकुको शिविरमा लगेर विशेष समितिको रोहबरमा कन्टेनरमा राखिने छ ।
त्यसैगरी हतियार बिहिन बनेका लडाकुहरु भने भोली सम्म आआफनो नाम दर्ता रहेको शिविरमा फिर्ता हुने छन । लडाकुको फिर्तीपछि माओवादी नेताहरुको सुरक्षा भने अब जनपद र सशस्त्र प्रहरीले गर्ने छ । अन्य नेताहरुले भने माग गरे बमोजिम सुरक्षा प्रत्याभुत गरिने छ ।
0 comments:
Post a Comment