Sahara Sansar

Tuesday, March 8, 2011

कार्यतालिका बनाएर संविधान जारी गर्नु अगावै लडाकुको समायोजन हुन्छः शान्तिमन्त्री

एस बी गौतम फागुन २४ काठमाडौं ।
नवनियुक्त शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षामान पुन अनन्तले सरकारले तत्कालै जेठ १४ अगावै
लडाकुको समायोजन कार्य सम्पन्न गर्ने गरी सेना समायो
जनको काम सकेर संविधान जारी गर्ने बताउनुभएको छ । रिपार्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मन्त्री पुनले समायोजन र संविधान निर्माणको कार्य सँगसँग अगाडि बढे पनि संविधान जारी हुनु अगावै सेना समायोजनको कार्य सम्पन्न गर्ने दृढता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –पहिलो शान्ति प्रक्रिया अन्तर्गतको समायोजनको कार्य सम्पन्न गरेर पुर्न स्थापनाको कार्य सम्पन्न गरिन्छ । त्यसपछि मात्रै संविधान जारी हुन्छ । त्यसका लागि तत्कालै सरकारले सोही अनुसारको समायोजनको कार्ययोजना ल्याउँछ । जेठ १४ गते अगावै सेना समायोजको कार्य सम्पन्न भए पनि पुर्नस्थापनाको कार्य सम्पन्न गर्न भने दुईदेखि पाँच वर्षसम्म लाग्न सक्ने भन्दै मन्त्री पुनले समायोजन भने समूहमै हुने स्पष्ट
पार्नुभयो । यसअघि नै प्रमुख दलबीच माओवादी लडाकु
रहेको छुट्टै फोर्स बनाउने वा माओवादी लडाकु र सरकारी सुरक्षा अंग मिलाएर छुट्टै फोर्स बनाउने विषयमा दलहरु सहमति नजिक पुगिसकेको अवस्थामा अघिल्लो सरकारले ल्याएको समायोजनको चार सेनामा, प्रहरीमा, सशस्त्रमा वा छुट्टै फोर्स निर्माण गर्ने विकल्प मध्येबाट एक विकल्पमा एमाले र माओवादीले सहमति गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– लडाकुलाई रिगु्रपिङ्ग गर्ने काम ब्यक्तिगत चाहनाकै आधारमा हुन्छ तर समायोजनमा जान चाहनेको भने समूहमै
समायोजन हुन्छ । माओवादीर एमालेबीच भएको सात बुँदे सम्झौताको बारेमा अनन्तले त्यो सहमति खारेज भए वर्तमान सरकारनै खारेज हुने तर्क गर्दै मन्त्री पुनले सात बुँदे सम्झौता
खारेजी भन्दा पनि काग्रेसलगायतका दलहरुको
सहमतिलाई सहमतिमा संसोधन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो–दुई पार्टीको आलोपालो काग्रेस आए तीन पार्टीको हुन सक्छ, लडाकु समायोजनको विषयमा पनि पुर्न विचार हुन सक्छ । हामी संसोधन गरेर अगाडि बढ्न तयार छौ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae