Sahara Sansar

Tuesday, March 22, 2011

ठमेलको शान्ति सुरक्षामा कडाइ

हिम नाथ दवाडी
 चैत ८ काठमाडौं। पर्यटन बर्षको सुरुवात सँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलको शान्ति सुरक्षामा कडाइ गरिइएको छ । ठमेलमा देखिएका विभिन्न समस्यालाई न्युनीकरण गर्न सवै पर्यटन व्यवसायी, स्थानीयवासी तथा प्रहरीको सहकार्यमा यस्तो कार्य गरिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्र श्रेष्ठले बताउनुभयो ।

ठमेलमा व्याप्त रहेको फोहोरमैला व्यवस्थापन गर्न विभिन्न ठाँउमा गरि ४० वटा डस्टविन राखिएको छ । त्यस्तै सडक विग्रीएको ठाँउमा पनि महानगरपालिकाको सहकार्यमा मर्मत कार्य सुरु गरेको श्रेष्ठले बताउनुभयो । ठमेल लगायतका विभिन्न ठाँउमा रहेका सडक वालवालिकालाई कम गर्न विभिन्न एनजिओ तथा आइएनजिओसँग कुरा गरिरहेको र त्यसको लागि महिला तथा वालवालिका मन्त्रालयवाट ३० लाख रकम छुट्याइएको जानकारी उहाँले दिनुभयो ।

नेपाल भ्रमणमा आउने पर्यटकलाई दुःख दिने हकरलाई हटाइएको छ भने अनैतिक किसिमले राखिएको होडिङ वोर्डले आकस्मिक दुर्घटनामा समस्या आउने भन्दै त्यसलाई व्यवस्थित गर्न लागिएको जानकारी उहाँले दिनुभयो । अहिले ठमेलमा भएका मसाज, लाइभ व्याण्ड, हकर तथा ठेलागाडालाई हटाइएको प्रहरी प्रभाग लैनचौरका प्रहरी निरीक्षक शिव वहादुर सिंहले बताउनुभयो ।

ठमेललाई “रेड लाइट” को संज्ञा दिएको मसाजलाई पूर्र्ण रुपमा हटाउने तथा लाइभ व्याण्डलाई साउण्ड प्रुपm राखेर मात्र सञ्चालन गर्न दिइने सिंहले बताउनुभयो भने उता मसाज व्यवसायसी संघको सवै मसाजले नराम्रो काम नगरेको तर अनैतिक कार्य गर्ने मसाजलाई कारवाही गर्न आफुले पनि प्रहरीलाई सहयोग गर्ने र छानविन गरेर मसाज चलाउन पाउनुपर्ने रहेकोे छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae