Sahara Sansar

Tuesday, March 8, 2011

सहकारीको दायीत्व सरकारले तोक्नुपर्ने

हिम नाथ दवाडी
फागुन २४ काठमाडौं ।अत्याधिक रूपमा बढ्दै गएको सहकारीको कार्यक्षेत्रको लागि सरकारले दायित्व तोक्नुपर्नेनेपाल सरकारका सहसचिव एवम् साना तथा जलविद्युत विकास समितिका निर्देशक आत्मकृष्ण श्रेष्ठले बताउनु भएको छ । सहकारी संस्था नाफामूखि हुदै गएकोलेसेवामूक क्षेत्रमा समेत सहकारीले काम गर्नुपर्ने उहाँले बताउनु भयो ।

राजधानीको नयाँवजारमा सम्पन्न इन्डेक्स वचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले नेपालमा हाल २ अर्ब भन्दा बढिको विद्युत चोरी हुने गरेको भन्दै यसलाई रोक्न पनि सहकारीलाई विद्युत वितरणको जिम्मा तोक्नुपर्ने बताउनु भयो । स्थापनाको पहिलो ६ महिनामा नै सहकारीको भीडमा पहिचान बनाएर अगाडि बढ्न सकेको यस सहकारीको शेयर पुजिँ २५ लाख ७० हजार ४ सय रहेको संस्थाका अध्यक्ष शंकरकुमार श्रेष्ठले जानकारी गराउनु भयो । सहकारीले आफ्ना ग्राहकवर्गको सुविधाका लगि निकट भविष्यमै खुत्रुके बचत, रेमिटेन्स संकलन, विमा योजना लगायतका कार्यक्रम ल्याउने पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
स्थापनको छोटो समयमा नै राम्रो बजार हिस्सा लिन सफल यस सहकारी संस्थाले पहिलो वर्षमा ४१ लाख ३३ हजार, ८ सय ३९ रुपैँया निक्षेप संकलन गरि ६० लाख ८९ हजार २ सय ६२ रुपैँया कर्जा प्रवाह गरेको सहकारी संस्थाका सचिव मनोज श्रेष्ठले जानकारी गराउनु भयो । संथामा जम्मा १ सय ८५ जना सेयर सदस्य रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae