Sahara Sansar

Tuesday, March 22, 2011

धादिङका दलित अधिकारकर्मी तथा संचारकर्मी सम्मानीत


 चैत ८ धादिङ। जातिय विभेद उन्मुलनको लागि योगदान गर्ने धादिङका पाँच जना दलित अधिकारकर्मी तथा संचारकर्मी सम्मानीत भएका छन् । ४६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धादिङबेसी आयोजित एक समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । 

४६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मूल आयोजक समितिले जातिय विभेद अन्त्यका लागि धादिङ जिल्लामा दलितमानवअधिकार संस्था दलित सेवा संघको  स्थापना  एवम  जातिय विभेद बिरुद्ध जिल्लाबाट सकारात्मक पत्रकारिता गरेवापत पत्रकार केशव अधिकारीलाई सम्मान गरेको हो ।

यसैगरि जिल्लामा जातिय विभेदका विरुद्ध सामाजिक आन्दोलनमा  उल्लेखनिय योगदान गरेबापत दलित अधिकारकर्मी रामबहादुर बसेल, कूलमान विक, र गोपाल विक र स्वर्गीय अधिवक्ता हरिप्रसाद सिलवाललाई सम्मान गरिएको हो।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae