Sahara Sansar

Tuesday, March 22, 2011

बाबुरामलाई एमालेमा प्रवेश गर्न ओलीको निम्तो




राजेन्द्र न्यौपाने
 चैत ८ गोरखा। नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादी नेता डा. बाबुराम भट्टराईलाई एमालेमा प्रवेश गर्न  निम्तो  दिनु भएको छ । गोरखामा मंगलबार  युवा संघ जिल्ला सम्मेलनको  उद्घाटन गर्दै ओलीले भट्टराईलाई यस्तो निम्तो दिनु भएको हो ।

नेता ओलीले घुमाउरो भाषामा बाबुरामको नाम नलिई  एसएलसीमा बोर्ड फस्ट भएका नेता एमालेलाई खाँचो भएको बताउनु भयो। उहाले भन्नु भयो ‘हात खुट्टा भाँच्न र टाउको फुटाउन डाक्टर इन्जिनियरको आवश्यता पर्दैन’  बुद्धि भएका मान्छेहरुको त्यहा काम छैन, त्यसैले एमाले एसएलसीमा वोर्ड फस्ट गरेका नेता हामीमा आउँ, देश बनाऔं ।’


माओवादीभित्र जापानमा आएको सुनामी जस्तै अन्तरसंघर्ष चलिरहेको भन्दै नेता ओलीले पाँच कक्षा फेल भएकाहरुका कारण पढेका नेताहरु समस्यामा परेको बताउनु भयो  ।







0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae