Sahara Sansar

Tuesday, March 15, 2011

लागु औषध कारोबारमा पक्राउ कपिलवस्तुमा सार्वजनिक

संगम महत
 चैत १ कपिलवस्तु। पाँच  सय ग्रम खैरो हिरोइन सहित हिजो कृष्णनगरवाट पक्राउ परेका ४ जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तु प्रहरीले विगत तीन बर्ष यताकै उच्च परिमाणमा लागु औषध खैरो हिरोईन पक्राउ गरेको दावि गरेकोछ । 

तीन जना भारतीय र एक नेपालीसहित चार जनाबाट परिमाण पक्राउ गरिएको प्रहरी उपरिक्षक धिरु बस्नेतले बताउनु भएको छ । भारतको सिद्धार्थ नगर बढ्नीवाट कृष्णनगर नाका हुदै आई रहेका  २६ बर्षिय मोहमद जाबेद मुसलमानवाट १ सय ५० ग्राम, २८ वर्षका मोहमद सफवान मुसलमानवाट १ सय १५ ग्राम,वर्ष २५का महन्त ठाकुरवाट १ सय २० ग्राम  र ३५ बर्षका रघुवर सिंहवाट १ सय १५ ग्राम गरि कुल ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae