Sahara Sansar

Tuesday, March 15, 2011

दोलखाको उत्तरी गाविसमा चलेको हुरीले लाखौँको क्षति

कल्याणी पाठक
 चैत १ दोलखा। मंगलबार बिहान नौ बजेदेखि चलेको हावाहुरीले दोलखाको उत्तरी गाविसहरुमा क्षति पु¥याएको छ । दोलखाको बाबरे, ओराङ, लामाबगर, विगुलगाएतका दर्जनौ गाविसमा चलेको हुरीले गाउँका घर तथा विद्यालयका छाना उडाएको त्यस गाविसका स्थानियबासीन्दाले कालिञ्चोक एफएमलाई जानकारी दिएका छन् ।

दोलखाको बिगु गाविसमा करिव ३० ओटा घरको छानो उडाएको छ । त्यसैगरी सोही गाविस वडा नम्बर आठमा रहेको गुम्बाको छानो उडाउँदा ५० हजार बराबरको क्षति भएको स्थानिय आङदावा शेर्पाले जानकारी दिनु भएको छ । हावाहुरीले विद्यालयको छानो उडाएपछि निकोभूमे उच्चमाध्यामिक विद्यालय बाबरेमा चलिरहेको वार्षिक परीक्षा प्रभावित भएको छ । दुई कोठे भवनको छानो उडाएपछि चलिरहेको परीक्षा प्रभावित भएको हो । 

हुरीले छानो उडाउँदा भवनमा समेत क्षति पु¥याएको उच्चमाविका प्रधानाध्यापक सुरेन्द्र प्रधानले जानकारी दिनुभयो । त्यसैगरी लामाबगर, ओराङ गाविसमा पनि हुरीले क्ष्ँोति पु¥याएको छ । स्थानिय यादव आचार्यका अनुसार ओराङ गाविसको देउलाङ खानी प्रावि र देव्लिङ्गेश्वर प्राविको छानो उडाएको छ । हावाहुरी विहान नौ बजेदेखि करिव १२ बजेसम्म चलेको स्थानीय यादव आचार्यले जानकारी दिनु भएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae