Sahara Sansar

Thursday, March 10, 2011

विद्यूत रोयल्टी रकम खर्चका लागी वजेट सिलीङ तयार

कूल तमाङ
 फागुन २६ नुवाकोट । ग्रामीण विद्युतीकरण वाहेक अन्य शिर्षकमा खर्च गर्न नपाइने विद्युत विभागको निर्देशन विपरित जिल्ला विकास समितीको राजनैतिक संयन्त्रले विद्यूत रोयल्टी रकम खर्चका लागी वजेट सिलीङ तयार गरेको छ ।

विद्युत विभागले गत वर्ष ग्रामीण विद्युतीकरणमा मात्र रोयल्ट्री रकम खर्च गर्नुपर्ने सर्त सहितको निकासा पठाउदा खर्च हुन नसकेको विद्यूत रोयल्टी जिविसको केही दिन अघि वसेको राजनैतिक संयन्त्रको वैठकले निर्देशनलाई वेवास्था गर्दै खर्चका लागी वजेट सिलीङ तयार पारेको हो । विद्युत वापत प्राप्त २ करोड ९४ लाख मध्य विद्यूतीकरणमा २० प्रतिशत मात्र खर्च गर्ने निर्णय गरेको छ ।

स्थानीय निकायमा राजनैतिक निर्णय अन्तिम निर्णय हुने भन्दै जिविसले विद्युत रोयल्टी रकम अन्य शिर्षकमा समेत खर्च गर्न पाउनुपर्ने पत्र विद्यूत विभागलाई पठाएपनी विभागले कुनै निर्णय नदिएपछि जिविसले सो रकम अन्य शिर्षकमा समेत खर्च गर्ने निर्णय गरेको स्थानिय विकास अधिकारी दामोदर भण्डारीले वताउनुभयो । विद्यूत विभागका कारण एक आर्थिक वर्ष पछि आएर जिविस राजनैतिक संयन्त्रको निर्णयको आधारमा खर्चगर्न वाध्य वनेको हो ।

विद्युतको दुई करोड ९४ लाख रुपैया मध्य उर्जामा ६० लाख, सडकमा १ करोड ४० लाख, शिक्षामा २५ लाख, सिचाईमा १७ लाख, स्वाथ्यमा १० लाख, खानेपानीमा १५ लाख, पर्यटनमा १० लाख, वन तथा वातावरणमा ७ लाख र लक्षित वर्गमा १० लाख खर्च गर्ने गरी वजेट विनियोजन गरेको छ । प्राधिकरणवाट विद्यूत रोयल्टी वापत यसवर्ष १ करोड ४७ लाख प्राप्त हुन वाकी छ । 

जिविसको लेखापरिक्षण प्रतिवदेनले अन्य शिर्षकमा खर्च गरेको विद्युत रोयल्टी रकम लाई वेरुजु प्रमाणित गरेपनी जिविसको आन्तरिक वजेट र केन्द्रिय वजेट विकास निर्माणमा खर्चका लागी अपुग भएपछि विद्युतको रकम अन्य शिर्षकमा खर्च गर्नु पर्ने अवस्था आएको जिविसको दावी छ । लेखापरिक्षकले विद्युतको रकम विभिन्न शिर्षकमा खर्च गर्दा देखाएको वेरुजु कागजी रुपमा नियमित गर्न जिविसलाई निर्देशन दिएको छ ।

नेपाल विद्युत प्राधिकरण मार्फत हुने ग्रामीण विद्युतीकरण योजनाले मात्र दुर्गम गाउका वासीन्दाले विद्युत सेवा प्राप्त गर्न नसकेपछि जिविसलाई विद्युत विभागले सर्त सहितको रोयल्टी रकम विनियोजित गरेको थियो । विद्युत विभागलाई निर्णय परिवर्तनका लागी अनुरोध गरिएपनी लामो समय सम्म प्रतिक्रिया नआएपछि खर्चका लागी वाध्य भएको जिविसको भनाई छ ।
– – ल्ँः– – –नेकपा एमाले नुवाकोट फागुन २८ गते हुने राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निर्वाचन को तयारीमा जुटेको छ ।

राष्ट्रिय प्रतिनिधी सदस्यमा नुवाकोटबाट तीन क्षेत्रका तीनजना प्रतिनिधी चयन गरिन्छ । सो चयन गर्न निर्वाचन कमिटी समेत गठन गरिएको छ । क्षेत्र नं. १ को रानीपौवा बजार, क्षेत्र नं. २ को खरानीटार र क्षेत्र नं. ३ को विदुरमा चैत २८ गते निर्वाचन गर्ने तयारी भएको जिल्ला कमिटीका सचिव वासुदेव कडुवालले बताउनु भयो । प्रतिनिधी परिषदको सदस्यमा सर्वसम्मत चयन गर्न पहल समेत भईरहेको एमाले नुवाकोटका अध्यक्ष नारायण प्रसाद खतिवडाले जानकारी दिनु भयो ।

प्रतिनिधी परिषद सदस्यको लागि क्षेत्र नं. १ बाट राजेन्द्र प्रकाश लोहनी र केशब पाण्डे मध्ये एकजना, क्षेत्र नं. २ बाट बलराम आचार्य, बावुराम लामा, रामशरण प्याकुरेल, र श्रीकृष्ण खतिवडा र  क्षेत्र नं. ३ बाट सूर्य कडेल र श्रीमाया लामा सर्वसम्मत चयन गर्न यी चर्चामा रहेका नाम मध्येवाट छान्न जिल्ला नेतृत्व लागि रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae