Sahara Sansar

Sunday, March 6, 2011

आरुघाट अमिलि चौरमा श्रीमहाभागवत पुराण शुरु

अनुप बाबु श्रेष्ठ
 फागुन २२ गोरखा (आरुघाट)।  आरुघाट  अमिलि चौरमा आइतबार देखि श्रीमहाभागवत पुराण शुरु भएको छ। तान्द्राङ्ग,२ गोरखा निवासी १०२ वर्षका वयोबृद्ध नागरिक बालकृष्ण बन्जराले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नभयो । 

 पुराण मूल आयोजक समितिका उपाध्यक्ष बुढीगण्डकी आरुघाट, अमिलिचौर निवासी राजकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको छ । यसैगरि मोदनाथ खनाल, दिनबन्धू पोखरेल, लेखनाथ खनाल, कमल नारायण श्रेष्ठ, द्धारिका पोखरेल, पदम प्रसाद न्यौपाने, बासु भट्ट,गणेश कुमार श्रेष्ठ,कृष्ण काजी श्रेष्ठ,बुद्धि पुडासैनी, बालकृष्ण लामिछाने, कृष्ण बहादुर नेपाली, सुशीला खनाल, विश्वराज लौडारी, दिनेश ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 यसैबिच भोलि बिहान १०ः३० बजे कलश र्यालीमा सहभागी हुन शिक्षक, विधार्थी, लगायत सम्पूर्ण संघ संस्थाका  प्रतिनिधिहरुलाई पुराण मूल आयोजक समितिले  अपिल गरेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae