Sahara Sansar

Monday, March 21, 2011

जीप दुर्घटनामा १६ जना घाइते

राजेन्द्र न्यौपाने
 चैत  ७ गोरखा। नेकपा एमाले निकट युवा संघको जिल्ला सम्मेलनका लागि प्रचारप्रसारमा हिँडेको ग १ च ६६४० नं जीप ताप्ले गाउँ विकास समिति वडा नं. ७ अकमरे जोगीडाँडामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये गोरखा नगरपालिकाका २३ वर्षिय सविन खड्काको अवस्था चिन्ताजनक रहेको छ । यसैगरी थुमी आर्खेतका २४ वर्षिय रामजी लामिछाने,अश्राङ ३ का २६ वर्षिय नारायण भट्टराईको अवस्था गम्भीर रहेको गोरखा जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

अन्य घाइतेहरु सुस्मा कट्टेल वर्ष २४ गोरखा नगरपालिका ७, अर्जुन नेपाली थुमी ५ वर्ष २१, किसान श्रेष्ठ छोप्राक वर्ष ३० युवा संघका उपाध्यक्ष,शंकर कुँवर गोनपा ७, सुक बहादुर घले थुमी ५, मनोज बस्नेत गोरखा नगरपालिका ८, कृतिकुसम बस्नेत को गोरखा अस्पतालमा उपचार भैरहेको छ।

सामान्य घाइते भएका अन्य एमाले कार्यकर्ताहरु गोरखा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यलयले जानारी दिएको छ ।

जीप सडकबाट एकसय फिट तल खसेको थियो । हाल जीप चालक बुद्धिराम गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन् । एमाले नेता केपी ओलीले भोलि युवासंघको जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae