Sahara Sansar

Tuesday, March 8, 2011

चीन सरकारको सहयोगमा निर्माणाधिन रसुवागढी स्याफ्रुबेशी सडक निर्माणका लागि २० महिना समय थप

चीन सरकार को सहयोगमा निर्माणाधिन रसुवाको रसुवागढी स्याफ्रुबेशी सडक समयमा निर्माण हुन नसकेपछि २० महिना समय थप भएको छ । चीन सरकारको सहयोगमा निर्माणाधिन बहुचर्चित स्याफ्रुबेशी –रसुवागढी सडक नेपालको सिमा रसुवागढीदेखि घट्टेखोलासम्म करिब करिब ११ किमी सडक निर्माण भएको छ । गत साउनदेखि निर्माण सुरु भएको स्याफ्रुवेसी– रसुवागढी सडक आयोजनाका अनुसार सडक स्याफ्रुबेशीदेखि रसुवागढीसम्म निर्माण गर्न डोजर, स्काईभेटर, ढुंङ्गा फुटाउन प्रयोग गरिने मेशिन तथा उपकरणहरू पासाङल्हामु मार्गको राम्चे र मूलखर्कका पहिरोको कारण अवरुद्ध भई रोकिएको थियो । चीन सरकारको करिव एक अरव ३३ करोड अनुदान सहयोगमा निर्माण भईरहेको उक्त सडक १६ किलोमिटर रहेको छ । लिएको तिव्वतको जे हुङजी गु्रप कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेपछि समयवधि थप गरिएको हो ।

२ वर्ष अघिदेखि निर्माण सुरु गरिएको सडकको काम ५० प्रतिशत सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । सडक निर्माणको लागि ट्रयाक खोल्ने काम लगभग पुरा भएको छ भने ४ वटा पक्की पुल निर्माणाधिन अवस्थामा छन् । सडकमा ९ वटा पुलमध्ये ५ वटापक्की पुल बनाउन बाँकी रहेको छ । र् विस्फोट गर्दा स्थानीयवासीहरूको घरमा क्षति पुगेको छ भने चिलिमे जलविद्युत केन्द्र अगाडि रहेको ट्रान्सफर्मरमा समेत असर परेको चिलिमे जलविद्युत कम्पनीका केन्द्र प्रमुख राजकुमार बलालले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae