फागुन १७ नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले एमाले र माओवादी विच भएको सातवुदे सहमती खारेज हुनुपर्ने वताउनुभएको छ । दुई दलका नेताहरु विच भएको सो सहमती शान्ति र लोकतन्त्र विरुद्ध भएकोले खारेज गर्नुपर्ने उहाँले वताउनु भयो ।
नेपाल शिक्षक संघ नुवाकोटको प्रतिनिधी भेलालाई मंगलवार विदुरमा सम्वोधन गर्दै नेता केसीले अन्तरिम संविधान विरुद्ध भएको व्यक्तिगत सहमती कार्यान्वयन गर्न खोजिए कांग्रेस विरोधमा उत्रने उहाँले वताउनुभयो । एमाले र माओवादीको नेतृत्व तहको स्वार्थले मुलुक गम्भिर अवस्थामा पुग्दै गएको वताउँदै नेता केसीले अहिलेको अवस्था हेर्दा तोकिएको समयमा कुनैपनि हालतमा संविधान जारी हुन नसक्ने दावी गर्नुभयो ।
उहाँले कांग्रेस कुनैपनि हालतमा सरकारमा जान नहुने र प्रतिपक्षमा नै वसेर रचनात्मक भूमिका खेल्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक युनियनले लामो समय शिक्षण सेवा गर्ने नुवाकोटका १० जना शिक्षकहरुलाई अभिनन्दन गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले शिक्षकहरुलाई दोसल्ला ओडाएर कदरपत्र सहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुने शिक्षकहरुमा अमरबहादुर श्रेष्ठ, हिराराम पाण्डे, देवकी डोटेल, दिपकराज थापा, झब्बरप्रसाद यादव, पुरुषोत्तम प्याकुरेल, महेश्वर पाठक, नानीकाजी तिवारी र रुक्मिणी नेपाल रहनुभएको छ । कार्यक्रममा सहभागी केही शिक्षकहरुले धाजलीपूर्ण तरिकाले आफ्ना नजिकका शिक्षकहरुलाई मात्र सम्मान गरेर लामो योगदान दिने शिक्षकलाई पाखा पारेको भन्दै कार्यक्रम स्थलमै विरोध गरेका थिए ।

0 comments:
Post a Comment