Sahara Sansar

Thursday, March 10, 2011

भुटानी मुलका नेपालीले अमेरिकामा शिबरात्रि मनाए


नरेश गौतम 
 अमेरिका (ह्युस्टन)। भुटानमा जन्मिएर आफ्नो धर्म सस्कृति बचाउँन देशबाट लेखेटीएका नेपाली जनताले फागुन २० गते महाशिबरात्रिको दिन अमेरिकाको,ह्युस्टन शहरमा भव्यताका साथ पुजा सम्पन्न गरेका छन् । आफ्नो धर्मसस्कृती जोगाउने क्रममा देशै निकाला गरेका भुटानी मुलका नेपाली जनता अमेरिकामा आएर पनि गर्वसाथ म हिन्दु हु भन्न पाउँदा खुसी भएको लक्ष्मी नारायण मन्दिरका पण्डित आचार्य श्री खेम अधिकारी बताउँछन् । 

लामो समय सम्मको नेपालमा शरर्णीथी जिवन बिताएर ( आइ ओ एम् ) को सहयोग मार्फत अमेरिका भित्रीएका भुटानी मुलका नेपालीहरु आफ्नो सस्कृति जोगाउँन पाउँदा खुसी भएका छन् । अमेरीका टेक्सास् ,ह्यूस्टनको सेन्टकलाउड एर्पाटमेन्टमा रहेको लक्ष्मी नारायण मन्दिरमा बिभिन्न स्थानमा रहेका नेपालीहरु भेला भएर पुजा सम्पन्न गरेका छन् ।

अमेरिकामा पूजा  गर्नका निमित्त साम्रागीहरुको अभाव नभएको र नजिकको ईण्डिएन मार्केटमा शुलभ मुल्यमा  पाउने बताउछन् एक सेन्टक्लाउडका बासीन्दा धर्मलाल धौराली । शिबरात्रीका दिन करिबबिहान आठबजे बाट पुजा शुरुवात गरी रात्री जाग्राम बस्ने पुरोहित खेमअधिकारी बताउछन् ।  झिलीमीली बत्ती अनि फुल गुच्छाहरुका हारले ढकमक्क सजिएको मन्दिरमा पुजा आजामा ब्यास्त नेपालीहरुले नेपालमाझै राती मुढाहरु भेला पारेर ध्वनी ताप्न नपाउने अनि उखु तताएर भुईमा पर्छान नपाएकोमा अलि अलि दुखी भने पक्कै भएको बताउँछन् सेन्टक्लाउडका युवक तपन न्यौपाने ।  ब्यस्त समयलाई अलिकती जोगाएर धुमधाम साथ शिवका बाणी अनि भजनहरु पनि  गुञ्जाएको थिए भक्तजनहरुले ।

दिनभरिको स्कूल पछि अलिकति समय बचाएर हरेकदिन लक्ष्मीनारायण मन्दिरमा भजन गाउँने गरेको बताउँछन् ह्यूस्टन राधेश्याम भजन समूहका  डि.पि.दुलाल । विदेशमा रहेर पनि आफ्नो हिन्दुत्व बचाएर देशमा रहेरपनि हिदुत्व विसर्ने नेपालीलाई ठूलो चुनौती दिएका छन्, अमेरिका टेक्सास ह्यूटनका भुटानी मुलका नेपालीहरुले ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae