Sahara Sansar

Friday, March 18, 2011

म्याग्दीका सबै गाविसमा ताररहित ईन्टरनेट पुयाउने महावीरको योजना


अनिता केसी चैत ४ पर्वत ।
म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले म्याग्दीका सबै गाविसमा ताररहीत ईन्टरनेट सेवा पुरयाउने योजना अघि सार्नुभएको छ । जिल्लाका ४१ गाविसमा ईन्टरनेट पुयाउने योजना अन्तरगत हालसम्म बिम, ताकम, दरवाङ, भकिम्ली, अर्थुङ्गे, चिमखोला, बेग, हिस्तान, दाना, शिख, घार र राम्चे गाविसमा सेवा पुगेको छ । हरेक गाविसलाई आउने अनुदानबाट सुचना प्रविधिका लागि १० प्रतिशत छुट्टाउन सकेमा आगामी ५ बर्ष भित्र म्याग्दीका ४१ ओटै गाविसमा ताररहीत ईन्टरनेट पु¥याई सुचना केन्द्र मार्फत सर्वसाधारणलाई सेवा दिन सकिने पुनले बताउनुभयो । म्याग्दीको राम्चे नागीबाटबाट सन २००२ मा सुरू भएको बेतारे सञ्जाल अहिले धौलागिरि अञ्चलका ४ जिल्लाका साथै १३ जिल्लाको दुर्गम बस्तीमा बेतारे सञ्चाल पुगि सकेको छ । म्याग्दी बाहेका जिल्लामा सुचना र प्रविधि विस्तार गर्नका लागि सुरू गरिएको म्याग्दीका बैदेशिक रोजगारमा गएकालाई लक्षित गरेर सुरू गरिएको वन मन्थ एक डलर कार्यक्रम अन्तरगत अहिलेसम्म करिव ६५ हजार डलर लगानी भइसकेको छ । यसैगरी आज विहान रेडियो दिदीबहिनीसगं कुराकानी गर्दै म्यागासेसे पुरस्कार विजेता महाविर पुनले कुनैपनि ठाउंका स्थानीयवासी इन्टरनेट सेवामार्फत सुचना तथा प्रविधिसगं नजिक रहन इच्छुक भएमा टेलिफोन सम्पर्ककै भरमा आफु प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae