Sahara Sansar

Saturday, March 5, 2011

सुन्तला उत्पादक व्यवस्थापन समिति निर्माण

राजेन्द्र न्यौपाने
फागुन २१ गोरखा । जिल्ला कृषि विकास कार्यलय गोरखाको आयोजनामा गोरखा जिल्लामा सुन्तला उत्पादक, व्यवस्थापक जिल्ला कार्य समितिको निर्माण गरिएको छ । समितिको अध्यक्षमा फिनामका सुन्तला कृषक अर्जुनप्रताप राणा रहनुभएको छ । यसैगरी उपाध्यक्षमा ध्रुव दुवाडी फूजेल, डिल बहादुर थापा ताङलीचोक, सचिवमा जिल्ला कृषि विकास कार्यलयका बाली विकास अधिकृत वीर बहादुर थापा, सह सचिव स्याम लामिछाने, सदस्यहरुमा नर बहादुर राना मनकामना, लाल बहादुर गुरुङ, बक्राङ, गोविन्द भट्ट ताप्ले, सितल श्रेष्ठ नारेश्वर, तुल बहादुर थापा ताक्लुङ, टिकाराज सेढाई धुवाँकोट, दिपक विष्ट मिरकोट, मिलन थापा मकैसिं रहनुभएको छ । 

विहीवार भएको सुन्तला उत्पादक व्यापारीवीच डिसिपिए गठन विषयक अन्तक्र्रिया गोष्ठीबाट समितिको निर्माण गरिएको हो । कार्यक्रमलाई जिल्ला कृषि विकास कार्यलय गोरखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत बुद्धि बहादुर थापाले सम्बोधन गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae