Sahara Sansar

Saturday, March 12, 2011

९० करोड भन्दा वढिको बजेट विनियोजन गदै जिविस मुस्ताङको जिल्ला परिषद सम्पन्न

चन्द्रश्वर बस्ताकोटी फागुन २८ मुस्ताङ ।
कृषी, पर्यटन, पर्यावरण र भौतिक पुर्वाधारलाई मुस्ताङको बिकास का आधार मान्दै जिल्ला बिकास समिति मुस्ताङमा १९औ एव लोकतान्त्रीक गणतन्त्र पछिको तेस्रो जिल्ला परिषद सम्पन्न भएको छ ।

मुस्ताङ्गको विकासका लागि कुल ९० करोड ५ लाख १६ हजार ६ सय बजेट विनियोजन गरिएको छ । उक्त रकम मध्ये बिकास तर्फ ६२ करोड ८२ लाख २७ हजार ६ सय र प्रशासनीक तर्फ २७ करोड २२ लाख ८९ हजार रुपैया बजेट छलफलका लागि परिषद्मा प्रस्तुत गरिएकोमा सर्व सहमतिले पारीत गरिएको हो ।

विनियोजीत सो बजेट परिपुर्ति गर्नको लागि जिविसको आफ्नै स्रोत साधनबाट ३७ लाख ३८ हजार ५ सय, राजस्व वाँडफाँडबाट प्राप्तहुने २ करोड ९७ लाख ५ हजार, स्थानिय मन्त्रालय तथा बैदेशिक सहयोगबाट हुने अनुदान ४५ करोड ४६ लाख ८६ हजार गरि ४८ करोड ८१ लाख २८९ हजार ५ सय, नेपाल सरकार विषयगत मन्त्रालयबाट प्राप्तहुने ४० करोड ४१ लाख ५३ हजार, गैरसरकारी सस्थाबाट प्राप्तहुने ८२ लाख ३४ हजार १ सय गरि कुल जम्मा कुल ९० करोड ५ लाख १६ हजार ६ सय आय अनुमान गरिएको स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले बताउनुभयो ।

 कार्यक्रममा प्रमुख अतिथी सभासद चन्द्रवहादुर गुरुङ, सभासद बिरेन्द्र ज्वारचन, सभासद टसी साङमो गुरुङसेनी, पुर्व पर्यटन सहायक मन्त्रि रोमी गौचन थकाली, पुर्व मन्त्री नरबहादुर हिराचन, माओवादी मुस्ताङ इञ्चार्ज कृष्ण प्रसाद पराजुली (परिर्वतन), एमाले जिल्ला समिति सचिव चन्द्रमोहन गौचन, नेपाली कांग्रेस सभापति सुवर्ण कुमार बिष्ठ, एमाले जिल्ला समिति सचिव चन्द्रमोहन गौचन, नेपाल राष्टिय दलित मुक्ति मोर्चाका केन्यि सदस्य धिरेन्द्र बिक, थकाली राष्टिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सत्यनारायण शेरचन, उपल्लो मुस्ताङ छोसेर गाबिसका पुर्व गाबिस अध्यक्ष शखलाल गुरुङ, समाजसेवी भक्ति हिराचन, रेडक्रसका अध्यक्ष चन्द्रवहादुर थकाली, हिमालपारी उत्पीडित उपेक्षीत शसक्तीकरण परिषदका अध्यक्ष भिमबहादुर रसाइली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पिछडिएका जनता र क्षेत्रको बिकासका लागि राजनितिक दलहरुले आग्रह पुर्वाग्रह नराखी जिल्लाको बिकासमा एकजुट भै कार्यगर्नु पर्ने बक्ताहरुले बताउनु भयो । जिल्लामा क्षेत्र र जनसख्याको हिसाबले ६० प्रतिसत भन्दा बढि रहेको उपल्लोमुस्ताङको बिकासमा बिषेश दिनुपर्ने बक्ताहरुको भनाइ रहेको थियो । राज्यले तोकेको निति नियममा रहि बिकास निमार्णकका कार्य गर्न जनतालाई अनुरोध गरिएको थियो । दलित, महिलाको उत्थान कालागि सबैले होष्टेमा हैसे गर्नुपर्ने सबैको तर्क थिया । सभाषद बिरेन्द्र ज्वारचनले भारत र चिनलाई जोडने काली गण्डकीलोकमार्गले मुस्ताङवासीको मुहार फेर्न सहयोगहुने बताउदै घमी जलबिधुत छिटो भन्दा छिटो बनाउनु पर्ने औल्याउनु भयो।

एकिकृत माओवादी मुस्ताङका इञ्चार्ज कृष्ण प्रसाद पराजुलीले पछाडी परेका जनता आफ्नो अधिकार लिन जुन सुकैबेला पनि आन्दोलित हुन सक्ने बताउदै कसैले पुरानै रुपमा दवाउन खोजे स्वस्र्फत रुपमा अगाडी बताउनु भयो । जनतालाई झुक्याउनेहरुका ति दिन समाप्त भएको भन्दै कानुनी राज्यमा सबैले समान अधिकार उपभोग गर्न पाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस का नेता रोमी गौचन थकालीले दलित एब पिछडिएकाहरुका पक्षमा सधै कार्य गर्न नेपाली काग्रेस तयार रहेको बताउदै अव सबिधान बन्छकी भन्ने आश पलाएको बताउनु भयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae