Sahara Sansar

Thursday, March 3, 2011

सिन्धुलीवाट तीनसय अभियुक्त फरार

एस बी गौतम फागुन १९ सिन्धुली ।
विभिन्न अभियोगमा जिल्ला अदालत सिन्धुलीले दोषी ठहर गरेका १ सय ७७ मुद्दामा करिव तीन सय अपराधी फरार रहेका छन् । जिल्ला अदालत सिन्धुलीको तथ्याङअनुसार फरार अपराधीवाट ६ सय वर्ष ४ महिना ८ दिन ३० घडी सजाए भोग्न वाकीँ रहेको छ । साधारण कुटपिट देखि कर्तव्य ज्यान सम्मको अभियोगमा सर्वस्वहरण सहित आजीवन जेल सजाए पाएका देखि समान्य सजाए पाएका व्यक्तिहरु लाई पक्राउ गर्न अदालत ले जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्यालयलाई दोषिहरुको नाम ठेगाना सहित तीन पुस्ते विवरण दिएपनि प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । विक्रमसम्वत २०११ साल देखि २०६७ साल पुस मसान्त सम्म को तथ्याङक अनुसार तीन सय जनावाट ६ सय वर्ष ४ महिना ८ दिन ३० घडी सजाए र ३२ लाख २४ हजार ३ सय ६६ रुपैया ६२ पैसा असुल गर्न वाकी रहेको छ । हाल जिल्ला अदालतमा ५४ वटा फौजदारी मुद्दा विचाराधिन रहेको र २ महिला सहित २१ जना आरोपी थुनामा रहेका छन् । अहिले धेरै जसो मुद्दा बलत्कारको आउने गरेको जिल्ला अदालतले बताएको छ । जिल्लामा यसरी अपराधीहरुले उन्मुक्ति पाउनुले पनि जिल्लाको सुरक्षाको स्थिति प्रस्ट पारेको छ । यसरी अदालतले दोषी ठग र गरी पक्राउगर्न परिपत्र गर्र्दापनि प्रहरीले पक्राउ गर्न सक्रियता नदेखाएको अदालतका कर्मचारी वताउछन् ।
अदालको फैसला कार्यन्वयन गराउनको लागि तहसिल शाखाको स्थापना भएको छ । तर यो शाखाका १ जना कर्मचारीले मात्रै अपराधीलाई पक्राउगर्न सम्भव नभएको तहसिल शाखाका कर्मचारी वताउछन् । अदालतले दोषिठहर गरी कार्वाहीको लागि सिफारीस गरेको व्यक्तिलाई पक्राउ गर्न नसक्नु सरकार र स्थानिय प्रशासनको कमजोरी भएको जिल्ला न्यायधिश हरिसचन्द्र ढुङ्गाना बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीका अनुसार जिल्ला अदालतले जेल सजाए पाएका ९७ जनाको नामावलीमात्र उपलव्ध गराएको छ । अदालतले पठाएको रेकर्ड अनुसारका व्यक्तिलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भएपनि वसाइसराई यसको प्रमुख वाधक भएको उहाँले वताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जनक भट्टराईका अनुसार अदालतले दोषी ठहराएकालाई पक्राउ गर्ने काम आफुहरु को भएपनि सवै अपराधी एकै चोटी पक्राउ गर्न नसकिने प्रहरीको हजारौ काम भएकाले सवै प्रहरी त्यसैको लागि खटाउन नसकिने उहाँले बतानुभयो । प्रहरीहरु जिल्ला वाहिर गएर खोजतलास नगर्ने भएकाले अभियुक्तहरु जिल्ला वाहिर लुकेर बस्ने गरेको हुन सक्ने उहाले वताउनुभयो । कतिपय अपराधीहरु अहिले पनि वजारमा खुलेआम हिडेका होलान् ती सवैलाई पहिचान गर्न नाम लिस्ट बोकेर सवै प्रहरी हिडेका हुदैनन् उहाँले भन्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae