Sahara Sansar

Thursday, March 10, 2011

संवैधानिक अदालत वा संवैधानिक बेञ्च गठनमा सहमति

सुशील पन्त
 फागुन २६ काठमाडौँ। संविधानसभा संवैधानिक समिति अन्तर्गतको उपसमितिले संविधानको अन्तिम व्याख्या अदालतबाटै गर्ने सैद्धान्तिक सहमति गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले संविधानको व्याख्या अदालतले गर्ने सहमति गरेको समिति सदस्य एवं काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

सर्वोच्च अदालत भित्रै संवैधानिक बेञ्च गठन गर्ने वा छुट्टै संवैधानिक अदालत गठन गर्ने भन्ने विषयमा भने भोलि बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ ।

उपसमितिका आमन्त्रित सदस्य डा.प्रकाशचन्द्र लोहनीले संवैधानिक अदालतको क्षेत्राधिकारवारे भोलिको बैठकमा थप छलफल हुने बताउनुभयो । न्यायाधीश नियुक्तिको संयन्त्रमा समेत भोलिको बैठकवाट निर्णय हुनेछ । यसअघि एकीकृत माओवादी संविधानको व्याख्या संसदवाटै गर्नुपर्ने अडानमा थियो ।

कानून बनाउने निकायले नै अन्तिम व्याख्या गर्ने व्यबस्था लोकतन्त्रको मर्म विपरित हुनै भन्दै चर्को आलोचना भएपछि माओवादी सम्बैधानिक अदालत गठन गर्ने विकल्पमा सहमत देखिएको हो । यसैबीच काङ्गे्रस नेता पौडेलले आगामी मसान्तसम्ममा काम सम्पन्न नभए उपसमितिको म्याद केहि दिन थप गर्न सकिने बताउनु भएको छ ।

उपसमितिलाई विवाद समाधान गर्न दिइएको समय आगामी सोमवार सकिदैछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae