Sahara Sansar

Tuesday, March 15, 2011

३ दिनपछि मात्र आगलागी भएको खबर

एसवी गौतम
 चैत १ सिन्धुली। सिन्धुलीको महादेवस्थान गाविस वडा नम्वर ६ भुडिफोरमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । फागुन २७ गते आगलागी भए पनि घटनास्थल जङ्गलको बीचमा रहेको र वरपर अन्य वस्ति नभएको कारण गाउँलेहरुले आजमात्र थाहा पाएका हुन् ।

आगलागीबाट भिमबहादुर थामी र देवबहादुर थामीको घर जल्नुको साथै ८० हजार नगद, तिस मुरी धान नष्ट भएको छ । घटनास्थलमा प्रहरी पनि आजै पुगेको घटनास्थलबाट फर्केपछि महादेवस्थान वडा नम्वर ८ निवासी प्रकास मैनालीले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae