Sahara Sansar

Monday, March 14, 2011

लोडसेडिङ हटाउन माग गदै नेपाल विद्युत प्राधिकरण समक्ष ज्ञापन पत्र

कूल  तामाङ्
 फागुन ३० नुवाकोट। लोडसेडिङ हटाउन माग गदै उद्योग वाणिज्य संघ नुवाकोटले  नेपाल विद्युत प्राधिकरण समक्ष ज्ञापन पत्र पेश गरेको छ । देश संघियत तर्फ उन्मुख भएको सन्र्दभमा स्थानीय रुपमा उत्पादन हुने प्राकृतिक साधनको पहिलो अधिकार स्थानीयवासीले पाउनुपर्ने मान्यता राख्दै लोडसेडिङ हटाउन उद्योग वाणिज्य संघले ज्ञापनपत्र पेश गरेको हो ।

जल्लाका दुई ठूला जलविद्युत गृहहरु देविघाट र त्रिशूलीवाट उत्पादन हुने विजुलीको पहिलो अधिकार जिल्लावासीको हुने धारणाराख्दै संघले ज्ञापनपत्र पेश गरेको संघका अध्यक्ष शरण सापकोटाले वताउनुभयो । ज्ञापन पत्र वुझ्दै निमित्त प्रमुख घटानीले विद्युत आपूर्ति नियमित गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राजधानी लगायत देशभित्र दैनिक चौध घण्टा लोडसेडिङ हुदै आएपनी जिल्लामा दुई जलविद्युत रहेको कारण प्राधिकरणले यस अघि लोडसेडिङ गरेको थिएन् । विद्युत प्राधिकरणको कडा निर्देशन अुनसार आईतवार देखी दैनिक चार घण्टा लोडसेडिङको कार्यतालीका सार्वजनिक भएपछि संघले तत्काल लोडसेडिङ हटाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गरेको हो ।

गत बर्ष पनि प्राधिकरणले लोड सेडिङ गर्दा उद्योग बाणिज्य संघले ज्ञापन पत्र बुझाए पछि हटेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae