राजेन्द्र न्यौपाने
माघ २८ गोरखा । संविधान सभाका सदस्य ज्ञानेन्द्र कुमालले तोकिएको समयमा संविधान बनाउने षडयन्त्र भइरहेको बताउनु भएको छ ।
गोरखा जिल्लाको सरस्वती माध्यमिक विद्यालयको ३९ औँ वार्षिकउत्सवमा बोल्दै उहाँले भन्नु भयो संविधान नबनाएर संविधान सभालाई नै भङ्ग गर्ने षडयन्त्र भइरहेको छ त्यसका लागि जनताले खबरदारी गर्नुपर्छ ।
कुमालले एमाले संग भएको सातबुँदे सहमति अक्षरस पालना नभए माओवादी सरकारमा नजाने बताउनु भयो । भनेको मन्त्रालल नपाएर माओवादी सरकार नजाने भनेको होइन सहमति कार्यान्वयन नभए सरकारमा नजाने भनेको हो ।
सहमति पालना भएमा मात्र सरकारमा जान्छौँ उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका कृष्ण राना, नेपाली कांग्रेसका हरि गान्धारी, नेकपा एमालेका विशेश्वर कट्टेल लगायतकाले मन्तव्य राखेका थिए ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा संचालित विभिन्न क्रियाकलापमा उत्कृष्ठ हुने छात्राछात्रलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक कपिल बावु अर्यालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
0 comments:
Post a Comment