एसवी गौतम
फागुन ५ सिन्धुली। नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको नया नेतृत्वका लागि भएको निर्वाचन एक पक्षले कब्जा गर्ने प्रयास गरेपछि झण्डै अधा सदस्यले बहिस्कार गरेका छन् ।
निर्वाचनमा खडाभएका निबर्तमान सभापति सजय दाहाल र श्यामहरि अधिकारीको समूहमा प्रेस युनियनले क्रान्तिकारी पत्रकारसघसग मिलेर नेतृत्व कब्जामा लिने प्रयास गरेपछि १९ जना सदस्यले बहिस्कार गरेका थिए ।
निर्वाचन अधिकृतले एक पक्षीय रुपमा अध्यक्ष पदका उम्मेदवार दाहालको उम्मेदवारी खारेज गरेका थिए । उनको नाममा मतपत्रसमेत तयार भइसकेपछि अधिकृतले उम्मेदवारी फिर्ता लिएको भन्दै उनको उम्मेदवारी खारेज गरेका थिए ।
दाहाल भने आफूले उम्मेदवार फिर्ता नलिएको बताउछन् । निर्वाचन अधिकृत प्रेमचन्द्र दाहालले सन्जयको उम्मेदवारी फिर्ता भएको घोषणा गरेपछि निर्वाचन समितिमा रहेका अर्का सदस्य शेषराज दाहाल असहमति जनाउदै निर्वाचन कार्यक्रममा सहभागी भएनन् ।
अध्यक्ष मण्डलका बहुमत सदस्यसमेत निर्वाचनमा अनियमितता भएको भन्दै निर्वाचन कार्यक्रम बहिस्कार गरेर हिडेका थिए ।
0 comments:
Post a Comment