Sahara Sansar

Thursday, February 17, 2011

सहमतिमा महासंघ निर्माण गर्न जोड

राजेन्द्र न्यौपाने
फागुन ५ गोरखा । गोरखा जिल्लामा फागुन ७ गते हुने नेपाल पत्रकार महासंघ गोरखा शाखाको समिति निर्माणको काम सहमतिमा गर्न क्रान्तिकारी पत्रकारसंघ गोरखाले सुझाव दिएको छ। 
   
क्रान्तिकारी पत्रकार संघ गोरखाका अध्यक्ष ऋषिराम भट्टराईले शान्ति र संविधानका लागि दलहरूलाई खबरदारी गर्नुपर्ने समयमा पत्रकारहरुवीच मनमुटाब बढाउन नहुने उहाँको भनाई थियो ।
   
यसैगरी प्रेस चौतारी,प्रेस युनियनले पनि सहमतिमा जोड दिएका छन् । जम्मा ३४ जना सदस्यहरुवीच हुने निर्वाचनमा  सभापति सहित ९ जना कार्यसमिति र ५ जना केन्द्रीय पार्शदको चयन गरिने नेपाल पत्रकार महासंघ गोरखा शाखाले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae