राजेन्द्र न्यौपाने
माघ २८ गोरखा । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले विहीबार विहान गोरखा नगरपालिका वडा नं. ११ स्थित देउराली गाउँमा शहीद तथा वेपत्ता परिवारजनहरुसँग भेटघाट गर्नुभएको छ ।
भेटमा शहीद परिवारजनले राजनीतिको नीति र थिति अन्यौलको स्थितिबारे गम्भीर प्रश्न राखेका थिए ।
भट्टराईले शहीद परिवारको भनाईले पार्टीलाई नयाँ दिशाबोध गर्छ भन्दे देशमा गतिरोध बढ्नुमा ठूलाठालुको हात रहेको बताउनुभयो ।
उहाँले शहीद परिवारलाई ठूलाठालुलाई सत्ताबाट मुन्ट्याएर मात्र गरिवदुखीको हातमा सत्ता आउनेरहेछ तपाईका छोराछोरीहरु महान् र अमर हुनुहुन्छ अझै हामी बाँचेकाहरुले सत्ताको लागि संघर्ष जारी राख्नुपर्छ ।
शहीद परिवारलाई पार्टीले सोचेजति सहयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै शहीद वेपत्ताको छानविन आयोग बनाउन खोज्दा आलेटाले गरेर पुराना पार्टीहरुले समय टारेको बताउनुभयो ।
कुन्दुरटारको कुमाल शहीद वस्ती देउराली गाउँलाई विकासको नमुना गाउँ बनाउने पार्टीको सोच रहेको बताउँदै देउरालीमा बनेको शहीद पार्कलाई विशाल स्मारकको रुपमा विकास गर्दै लैजान पार्टीले जोड गर्ने बताउनुभयो ।
छेपेटार र कुन्दुरटारमा निर्माणाधिन सिँचाई योजनालाई तत्कालै पूरा गर्न आफुले पहल थाल्ने साथै कुन्दुरटारमा साना घरेलु उद्योगहरुको लागि चाहिने विद्युत लाईन विस्तार गर्न तत्कालै प्रक्रिया थाल्ने भेटमा विश्वस्त पार्नुभयो ।
Sahara Sansar
Friday, February 11, 2011
शहीद गाउँमा बाबुराम
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment