बिजयसिँह भारती
माघ २८ प्यूठान। नेपाल पत्रकार महासंघको चौथो अधिवेशन सुशिल पोख्रेललाई पुनः अध्यक्ष बनाई शुक्रवार सदरमुकाम खलंगामा सम्पन्न भए पनि जिल्लामा क्रियाशिल पत्रकारहरुले अधिवेशन अमान्य हुने बताएका छन् ।
जिल्ला शाखाका ११ जना व्यवसायिक पत्रकारहरुले सांगठनिक आदर्श एवं पेशागत मूल्य र मान्यताको उल्लंघन गरी गठबन्धनको नाममा महासंघका केही सदस्यरु र शुभेच्छुक संगठनका रुपमा रहेका संगठनको स्थानीय नेतृत्वले महासंघलाई गैरपत्रकार र पार्टी मा लगेर सुम्पिएको बताएका छन् । अधिवेशनमा राजनैतिक हस्तक्षप भएकोले अमान्य भएको उनीहरुले बताएका छन् । प्रेश विज्ञप्ती जारी गरी त्रियाशिल पत्रकारहरुको भावनालाई लत्याउदै एकपक्षिय घोषणाबाट बनेको महासंघ अनाधिकारिक र अमान्य भएको घोषणा गरेका हुन् ।
व्यवसायिक पत्रकारहरुको एक टोलीले कालो झण्डामा ‘पत्रकार महासंघ माथिको राजनैतिक हस्तक्षेप बन्द गर’ लेखेर महासंघको कार्यालयमा झुण्डाएका छन् । पत्रकार महासंघको मर्म र मान्यता विपरित गठबन्धनबाट बनेको एकपक्षिय महासंघको निर्वाचन खारेज गरी सबै पक्षको सहभागीतामा अर्काे निर्वाचनको मिति तोक्नका लागि महासंघको केन्द्रिय समितिसँग विज्ञप्ती मार्फत माग गरेका छन् । उनीहरुले क्रियाशिल पत्रकारको अपमान गरि एनेकपा माओवादीका जिल्ला सह–इन्चार्ज, सभासद्का उम्मेदवार, शिक्षक, व्यापारीलाई प्रोत्साहन गरेको बताएका छन् । उनीहरुले नव गठित कार्य समितिलाई पुर्ण कार्यकालमा असहयोग गर्ने बताएका छन् । उनीहरुलाई जिल्लाका अन्य क्रियाशिल पत्रकारहरुले समेत समर्थन जनाएका छन् ।
सहमति जुटाउन यस अघि उनीहरुले उद्घाटन सत्रमा बन्द सत्र स्थगनको माग गरेका थिए । सहमति जुटाउन प्रयासका लागि पटक पटक प्रयास गरे पनि राजनैतिक हस्तक्षपका कारण सफल हुन नसकेकोको पत्रकार एलबी थापाले बताए ।
बिज्ञप्तीमा संस्थापक सभापति सूर्यबहादुर बिश्वकर्मा, पूर्व अध्यक्ष तथा प्यूठान समाचारका प्रधान सम्पादक इमानसिंह भारती, कान्तिपुरका नुमराज खनाल, प्यूठान समाचार तथा रेडियो प्यूठानका यादपप्रसाद खनाल, कान्तिपुरका गिरुप्रसाद भण्डारी, लुम्बिनी दैनिकका कृष्णराज पाण्डेय, रेडियो प्यूठानका रामप्रसाद पौंडेल, उज्यालो ९० नेटवर्क तथा राष्ट्रिय समाचार समितिका एलबी थापा, गोरखापत्र दैनिकका यमका सुवेदी, सिआइएन÷रेडियो प्यूठानका सुशील श्रेष्ठ ‘सुजल’, हाँक साप्ताहिकका धना गिरीको हस्ताक्षर रहेका छन् ।

0 comments:
Post a Comment