Sahara Sansar

Friday, February 11, 2011

भेडाको ऊन बिक्री नहुँदा ब्यवसायीहरु चिन्तित

कूल तामाङ्माघ २८ नुवाकोट । नुवाकोटको विभिन्न उच्च पहाडी गाउमा भेडापालन ब्यवसाय फस्टाए पनि भेडाको ऊन बिक्री नहुँदा ब्यवसायीहरु चिन्तित भएका छन् । भाल्चे, किम्ताङ, साल्मे, बर्सुन्चेत लगायतका गाविसमा पालिएको भेडाबाट उत्पादित २० टन भन्दा बढी ऊन विक्री नहुँदा किसानहरु चिन्तीत बनेका हुन् ।

प्रत्येक वर्ष उत्पादन हुने भए पनि दतीन वर्षदेखि ब्यापारी नआए पछि ऊन विक्री गनै नसकेको भाल्चे भेडा पालन समूहका अध्यक्ष क्लि घलेले बताए । तीन वर्ष अघिसम्म धादिङका ब्यानपारीले किलोको रुपैयाँ तिरेर लाने गरेपनि तीन वर्षदेखि ब्यापारी नआएपछि बुइगल भरी थुपारीएको ऊन थुपारेर राख्नु परेको ब्यवसायी किसानहरुले बताएका छन् ।

गाउमै उनको प्रशोधन गरेर राडी पाखी र बख्खु बुन्ने चलन भए पनि अहिले युवा पलायन बढेपछि यस्तो घरेलु उद्योग समेत बन्द  भएको छ । यसले गर्दा उन विक्री गर्न नसकेको व्यवसायी डोलबहादुर घलेले बताउनुभउो ।भाल्चेमा क्लि घलेको अध्यक्षतामा भाल्चे भेडा पालन समुह गठन गरेर व्यवसायिक प्रवद्र्धन गर्न जिल्ला विकास कार्यालय संग पहल सुरु गरेका छन् ।

सरकारले उन प्रशोधन तालिम, ऋण सहुलियत र प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गरे भेडा पालन व्यवसाय प्रति किसानलाई अझ बढी आकर्षित गर्न सकिने भएको छ। बरुवाल जातको भेडाको उन राडी पाखीको लागी बढी उपयुक्त हुने भएकोले पनि यसको गाउमै उत्पादन गरेर बजार प्रवद्र्धन गर्न सके राम्रो हुने अध्यक्ष क्लि घलेले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae