Sahara Sansar

Friday, February 11, 2011

नुवाकोट, रसुवा र धादिङका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बृद्धि

कूल तामाङ्
 माघ २८ नुवाकोट । सरकारले सार्वजनिक यातायातको भाडादर बृद्धि गरेको छ । यातायात व्यवस्था विभागले ९ प्रतिशतका दरले भाडा बढाएको छ । उक्त भाडा बृद्धि पछि नुवाकोट, रसुवा र धादिङका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको पनि भाडा बृद्धि भएको छ ।
नया भाडा दर अनुसार काठमाडौ–देविघाट–त्रिशूली ७२ किलोमिटरको भाडा १३७ रुपैया कायम भएको छ । काठमाडौ त्रिशूली ६९ किलोमिटर १ सय ३२ रुपैया कायम भएको छ । यसअघि यो रुटमा १ सय २० रुपैया भाडा थियो ।
काठमाडौ–धुञ्चे १ सय १७ किलोमिटरको भाडा २ सय २५ रुपैया, त्रिशुली देउराली १५ किलोमिटरको २८ रुपैया, त्रिशूली खरानीटार २४ किलोमिटरको ४६ रुपैया, त्रिशूली चोकदे १६ किलोमिटर ३२ रुपैया, त्रिशूली आप्रह १९ किलोमिटर ३६ रुपैया, देविघाट गल्छी १७ किलोमिटर ३३ रुपैया, काठमाडौ धादिङ बेसी ८७ किलोमिटर १ सय ३८ रुपैया र काठमाडौ गल्छी ४७.८ किलोमिटर ७५ रुपैया भाडा दर कायम भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae