Sahara Sansar

Friday, February 11, 2011

तीन माना मकै र पाँचमाना स्याउँ साटासाट

राजेन्द्र न्यौपाने
माघ २८गोरखा। गोरखा जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन भएको स्याउले बजार नपाएपछि तीनमाना मकै लिएर पाँचमाना स्याउ साट्ने गरिएको छ । उत्तरी गोरखाको प्रोक, ल्हो, सामागाउँ, चुम्चेत, सिर्दीवास लगायतका स्थानमा उत्पादन हुने गरेको स्याउको बजार अभाव भएपछि गाउँमा नै एक आपसमा साटेर खपत गर्ने गरिएको प्रोकका दोर्जे ठकुरीले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यलय गोरखाले त्यस क्षेत्रमा स्याउ उत्पादनका लागि पहल गरिरहेको जिल्ला कृषि विकास कार्यलय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत बुद्धी बहादुर थापाले जानकारी दिनुभयो । २ हजार मिटर भन्दा माथिल्लो उचाईमा मात्र स्याउ खेती हुने भएपनि किसानको माग अनुसार स्याउका विरुवा उपलब्ध गराई उहाँले बताउनुभयो ।

उत्तरी गोरखामा कम वर्षा हुने भएकोले मनाङ, मुस्ताङको स्याउको तुलनामा गोरखाका स्याउको गुणस्तर कम हुने उहाँको  भनाई थियो । उत्तरी गोरखामा मोटरबाटो नपुग्दा स्याउ विक्रीका लागि समस्या भएको हो । विक्रीका लागि बोकेर आरुघाट बजार सम्म ल्याउन तीन दिनलाग्ने भएकोले  गाउँमा नै स्थानीय वस्तुसँग साटफेर गर्नु परेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae