एसवी गौतम
माघ २८ सिन्धुली। देशमा शान्ती सुरक्षा कायम भएमात्र जनताले अमनचयनको अनुभुती गर्न पाउने राष्ट्रपती डा. रामवरण यादवले वताउनुभएको छ । सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ सिन्धुलीमाढीमा सुरु भएको मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति यादवले उक्त कुरा बताउनुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले देशको विकासको लागी पनि शान्ती शुरक्षा प्रमुख रुपमा आउने हुनाले जनताको चाहाना पनि शान्ती सुरक्षानै भएको औल्याउनुभयो । राष्ट्रपती यादवले सिन्धुलीलाइ पर्यटकिय स्थलको रुपमा पनि चिनाउदै देशमा भएको परिवर्तन अर्थात २०६२ ÷६३ को जनआन्दोलनमा पनि सिन्धुलीवासीको ठुलो भुमिका रहेको कुरा उल्लेख गर्नुभयो । सिन्धुली जिल्ला जल जमिन र जंगलले भरिपुर्ण भएकाले सिन्धुलीको प्राकृतिक सम्पदा जोगाउन चुरे क्षेत्र वचाउ अभियानलाइ अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राजनितीक दलहरु एक आपसमा मिलेर सहमती कायम गरी नयाँ सविधान वनाउन सके कल्पना गरेभन्दा चाडै नेपाल स्वीट्जरल्याण्ड हुने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा एकिकृत माओवादीकी सभाषद निरु दलार्मी, काग्रेसका पुर्व मन्त्रि विपिन कोईराला,एमालेका मन्त्रि गगांधर तुलाधर,सभाषद विषमलाल अधिकारी दनुवार एवं उद्योग वाणिज्य महासघंमा अध्यक्ष कुश कुमार जोशीकोले समेत मन्तव्य राख्नुभएको थियो ।
हिजोवाट सिन्धुलीमाढीमा करिव ४० लाखको लागतमा सुरु गरिएको महोत्सवमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने छ ।
पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी , कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीले जनाएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्नेछ ।

0 comments:
Post a Comment