Sahara Sansar

Friday, February 11, 2011

बैशाखीमा उभिएको ऐंजेरु जस्तै भएको छ सरकारः डा. भट्टराई

राजेन्द्र न्यौपाने,
  माघ  २८ गोरखा। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.वावुराम भट्टराईले माओवादी झलनाथ खनाल नेतृत्वको वैशाखीमा उभिएको ऐंजेरु सरकारमा सहभागी नहुने घोषणा गर्नुभएको छ । उहाँले गोरखा जिल्लामा संविधान सभाको निर्वाचनमा निर्वाचित भएपछि ३६ औं पटक गोरखा आउनुभई भूम्लीचोक गाउँ विकास समिति स्थित भद्रकाली माध्यमिक विद्यालयको स्वर्ण महोसत्व समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
 
उहाँले एमाले सँग भएको सात बुँदे सहमति कार्यान्यन नभएकाले आफुहरुले सरकार बाहिरै बस्ने निणर्य गरेको बताउनु भयो । अब सरकारका कामका आधारमा बाहिरैबाट सहयोग गरेर माओवादी शान्ति र संविधानमा केन्द्रित हुने उहाँको भनाई थियो । शान्ति र संविधानको लागि जनताले माओवादीको नेतृत्वमा नै सरकार चाहेका थिए तर देशी विदेशी शक्तिकेन्द्रको कारण एमालेलाई स्वीकार गरेको खुलासा गर्नुभयो । यो सरकार वुख्याचा, कठपुतली जस्तो सरकार भएको पुष्टि भएको छ डा. भट्टराईले भन्नुभयो । कांग्रेस, पञ्च र माओवादी जोसंग भएपनि टाँसिएर सरकारमै बस्न पर्ने एमाले सिखण्डी पात्र भएको ठोकुवा गर्नुभयो ।
 
सहमति कार्यान्वयन नुहँदा माओवादीलाई नखाँउ भने दिनभरिको शिकार खाउँ भने कान्छा बावुको अनुहार जस्तै भएको छ भन्नुभयो । सरकार निर्माणमा भूरेटाकुरे पार्टीका नयाँ राजाहरु रजाईगर्न लागेकोमा जनता आश्चर्यमा परेको बताउनुभयो । जनताले आफ्नो शासन आफैले चलाउन पाउनुपर्ने बताउँदै उहाँले जनताका सबै छोरीछोरीलाई निःशुल्क र अनिवार्य शिक्षा दिनुपर्ने बताउनुभयो । शिक्षा विना समाजको प्रगती हुन नसक्ने बताउँदै शिक्षालाई किनवेचको बस्तु नबनाई सबैलाई वरावर शिक्षाको व्यवस्था हुनुपर्ने बताउनुभयो । मुठ्ठिभर मानिसहरुले देशको सम्पत्ती भ्रष्टचार गरेर अरबौं कुम्ल्याएको बताउँदै राज्यको सम्पतिमाथि जनताको अधिकार हुनुपर्ने बताउनुभयो । जन्मदैमा १५ सय ऋणको भारी बोक्नुपर्ने अवस्था देशमा रहेको बताउँदै यस्तो अन्यायलाई पल्टाउन राज्यसत्ता प्राप्तिको आन्दोलनमा लाग्नु जरुरी रहेको ठोकुवा गर्नुभयो ।
 
 
सेतो हात्ती जस्तो गरी राजतन्त्र पालेका थियौं बर्षेनी करोडौं रुपियाँ खाएर बस्थ्यो त्यस्तालाई हामीले फाल्यौं जसले जित्यो उसलाई कुर्चीमा बस्न नदिने र जसलाई जनताले हराउनुभयो उसले कुर्ची ओगटेर बस्ने कस्तो अचम्मको खेल भएको छ भन्दै उहाँ जनतालाई अव सडकमा आउन आह्वन गर्नुभयो । उहाँले अधिकार प्राप्तिका लागि जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्दै सुर्यलाई हत्केला र बादलले छेकेजस्तै गरेपनि वास्तवमा छेक्न सकिदैन त्यस्तै प्रतिगामिले जति षड्यन्त्र गरेर छेकेपनि भिषण आन्दोलन गरेर तोडिछाड्ने चेतावनी दिनुभयो । उपाध्यक्ष डा. भट्टराईले एमालेलाई सिखण्डीको उपमा कुर्सीलाई एमालेको धर्म,सिद्धान्त र भएको प्रस्ट्याएउनुभएको छ । उहाँले भन्नुभयो “एमाले नामको सिखण्डी पात्र जता फाईदा हुन्छ उतै टासिन्छ कुर्ची उसको धर्म र सिद्धान्त छ कहिले काँग्रेस , कहिले राजा र कहिले माओवादीसँग उ टासीन्छ ।”
 
माओवादीले शान्ति र संविधानको लागि मरिमेटेर लागिपरेको बताउँदै त्यो पुरा नभएको स्वाङ पार्दै विदेशीको आडमा राष्ट्रपति शासन वा सैनिक कु हुन सक्छ त्यो रोक्न संविधान बन्नु जरुरी छ भन्नुभयो । उहाँले जनताको संघीय गणतन्त्र अवश्यंभावी भएको भन्दै ठूलो आन्दोलनका आँधीवेहरीले यो देशमा जनताको हातमा सत्ता आउने निश्चित भएको ठोकुवा गर्नुभयो । गोरखा जिल्लाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै झलनाथले सात दिन सम्म सरकार निर्माण गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो नहुनु मामा भन्दा कानो मामा बेस भनेर हामीले एमालेको नेतृत्वलाई स्वीकार गरेका थियौ तर यो सरकारको खुट्टी देख्दैमा थाहा भई सक्यो । कुपीण्डोलाई काठको खुट्टा हाल्दिएका थियौ तर हिडँन सकेन । शान्ति र संविधान बनाउन यो सरकारलाई बाहिरै बसेर आग्रह गर्छौ डा. भट्टराईले भन्नुभयो । उहाँले भद्रकाली माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवनको उद्घाटन समेत गर्नुभएको थियो । उहाँले विद्यालयको इतिहास समेटिएको भद्रकाली स्मारिकाको विमोचन समेत गर्नुभयो । कुल ५२१ जना विद्यार्थीहरुले अध्ययन गर्ने सो विद्यालयमा तीन जना मात्र ब्रमाण क्षेत्रीका विद्यार्थीहरु रहेको विद्यालयका प्रधानाध्यापक दिल बहादुर गुरुङले बताउनुभयो ।
 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानसिङ गुरुङको अध्यक्षतामा भएको थियो । गोरखा जिल्लाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै झलनाथले सात दिन सम्म सरकार निर्माण गर्न नसके को आरोप लगाउनु भयो । उहाँले भन्नुभयो नहुनु मामा भन्दा कानो मामा बेस भनेर हामीले एमालेको नेतृत्वलाई स्वीकार गरेका थियौ तर यो सरकारको खुट्टी देख्दैमा थाहा भई सक्यो। कुपीण्डोलाई काठको खुट्टा हाल्दिएका थियौ तर हिडँन सकेन । शान्ति र संविधान बनाउन यो सरकारलाई बाहिरै बसेर आग्रह गर्छौ डा. भट्टराईले भन्नुभयो । सम्बोधनका क्रममा सभासद समेत रहनु भएका डा. बावुराम भट्टराईले यो अध्याँरो सधै नरहने भन्दै केहि ढिलो हुन सक्छ तर एक दिन उज्याँलो भएरै छाड्छ चिन्ता नगर्नुहोस भन्नुभयो । आगो पनि नठोसी बल्दनै त्यसैले अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्ने उहाँको भनाई थियो । तपाईहरुले तल (सडक)बाट निरन्तर संघर्ष र खबरदारी गर्नु पर्छ देशका ठुला ठालु भन्नेहरु एक दिन ठिक हुन्छन उहाँले प्रष्ट पार्नुभयो । मन्तव्यकै क्रममा उहाँले शिक्षामा हुने गरेको व्यापारीकरणको अन्त्य हुनुपर्ने बताउनु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae