माघ २७ काठमाडौं। एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मन्त्रालय बाँडफाँट र एमालेसंग भएको सात बुँदे सहमति कार्यान्वयनमा असमझदारी भएपछि माओवादीले सरकारमा नजाने निर्णय गरेको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत दुई दलका शीर्ष नेताबीच भएको वार्तामा कुरा नमिलेपछ माओवादीले सरकारमा नजाने निर्णय गरेको हो । बैठकपछि संवाददातहरुलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा सहभागी नहुने बताउनुभयो । उहाँले यद्यपी सरकारलाई दिएको समर्थन भने यथावत रहने जानकारी दिनुभयो । गृहमन्त्रालय माओवादीलाई नदिने र सात बुँदे सहमतिको औचित्यमाथि एमाले नेताहरुले प्रश्न उठाएपछि माओवादी असन्तुष्ट बनेको हो ।
माओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष खनाल नेतृत्वको सरकार माओवादीको पछिल्लो निर्णयले संकटमा परको छ ।
0 comments:
Post a Comment