Sahara Sansar

Tuesday, February 15, 2011

वाँकी सय दिनमै संविधान आउँछ– कांग्रेस नेता पौडेल


अमृत सुबेदी फागुन ३ तनहुँ ।
प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले कांग्रेसले चाहे वाँकी सय दिनमै नयाँ संविधान जारी गर्न सक्ने वताउनुभएको छ । शान्ति र संविधानका लागी एकिृकत माओवादीले निकै जटिलता वनाएको भएपनि त्यसलाई चिर्दै कांग्रेसले लोकतान्त्रिक तथा गणतान्त्रिक नेपालको संविधान निर्माण गर्न सक्ने दावी गर्नुभयो । गृह जिल्ला तनहुँ आउनुभएका पौडेलले  शान्ति प्रकृण र संविधान निर्माणका लागी माओवादीले लचकता र ईमान्दारीता देखाए वाँकी सय दिमै संविधान वन्न सक्ने वताउनुभएको छ । शान्ति प्रकृया र संविधानका लागी कांग्रेसले संविधान सभामा स्पष्ट धारणा  राखेको भन्दै पौडेलले  भन्नुभयो यसै अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान वन्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । शान्ति र संविधानका लागी माओवादीले अझ धेरै कुरा पुरा गर्न वाँकी रहेको छ भन्दै पौडेलले भन्नुभयो लडाकु समायोजन सँगै पुनस्थापनाको संख्या किटानी गरि सुरक्षा निकायको मापदण्ड अनुसार समायोजन हुनुपर्छ । प्रेस यूनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै पौडेलले माओवादी लडाकुलाई विशेष समिति मातहतमा ल्याउने भनिए पनि समितिमा ल्याउन नसकिएको भन्दै पौडेलले लडाकु साच्चिकै समिति मतहातमा आउनु पर्छ अनि लडाकुको हाँजिरी रुजु  गर्ने कार्य पनि विशेष समिति मातहतवाटै हुनुपर्ने वताउनुभयो । आफ्नै समर्थनमा वनेको सरकारमा मन्त्री वाँडफाडमा कुरा नमिले पछि शान्ति र संविधानमा अड्को थापेर विद्रोह गर्ने माओवादीको धम्कीले उसको चरित्र र देश कतातर्फ जाँदै छ भन्ने स्पष्ट भएको पौडेलले वताउनुभयो । प्रधानमन्त्री पराजित भए पछि केही समय पछि नेता पौडेल गृह जिल्लामा सक्रिय हुन थाल्नुभएको छ । पौडेल दुई दिन तनहुँको विकट गाविस वैदी, भिर्कोट र छिपछिपे लगाएतका कार्यकर्ता प्ररिक्षण तथा भेटघाटमा  ब्यस्त रहने कार्यक्रम रहेको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae