बैशाख ४ काठमाण्डौ । मुलुक संविधान निर्माणको संवेदनशील चरणमा रहेको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङ्गले अन्तर व्यवस्थापिका संघको सम्मेलनमा जाने कार्यक्रम स्थगित गर्नुभएको छ । पानामा सिटिको पानामामा वैशाख २ देखी ४ गतेसम्म तय भएको १२४ औ सम्मेलनमा जाने कार्यक्रम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । ुदेशको वर्तमान परिस्थितिलाई सहज र सुमधुर तुल्याउँदै संविधान निर्माण प्रकि्रयालाई अन्तिम रुप दिई निर्धारित समयभित्रै उक्त कार्य सहज सम्पन्न गर्नुपर्ने अति संवेदनशील समयको कारणले सभामुखको विदेश भ्रमणको कार्यक्रम स्थगित गरिएको छ ।ु संसद सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।
Sahara Sansar
Sunday, April 17, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment