बैशाख ४ काठमाण्डौ । नेपाली काङ्गे्रसले अर्थमन्त्री भरतमोहन अधिकारीले सस्तो लोकपि्रयताका लागि श्वेतपत्रमार्फत् पूरक बजेट ल्याउन खोजेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकको शुरुमै सभामुखसंग समय मागेर नेपाली काङ्गे्रसका दीपकुमार उपाध्यायले अर्थमन्त्री अधिकारीले संसद् चलिरहेको बेला सस्तो लोकपि्रयताका लागि स्वेतपत्र मार्फत् बजेट ल्याउन खोजेको आरोप लगाउनुभएको हो । उहाँले अर्थमन्त्री अधिकारीले एक पछि अर्को गर्दै संसदीय परिपाटी लत्याएर बजेटमा नपरेका कार्यक्रमहरु पनि स्वेतपत्रमा समेटन प्रयास गरेको आरेाप लगाउनु भयो । उहाले अर्थमन्त्रीले संसदीय परिपाटी लत्याउन खोजेको भन्दै सदनमा स्पष्टिकरण दिन सभाुमख मार्फत माग गर्नुभयो ।
Sahara Sansar
Sunday, April 17, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment