वैशाख ५ भीमदत्तनगर । लोक सेवा आयोग सुदूरपश्चिमका क्षेत्रीय निर्देशक नवराज चौलागाईं आफूखुसी बेपत्ता भएको हुनसक्ने आशङ्का गरिएको छ ।
नेपाल प्रहरी अपराध तथा अनुसन्धान महाशाखाका डिआइजी राजेन्द्रसिँह भण्डारी र चौलागाईंका आफन्तले स्थलगत अध्ययन गरेपछि आइतबार यहाँ आयोजित पत्रकार भेटघाटमा डिआइजी भण्डारीले भन्नुभयो-हामीले गरेका अनुसन्धानबाट आफूखुसी बेपत्ता भएको आशङ्का बढिरहेको छ ।
बेपत्ता चौलागाईंका आफन्त तथा भन्सार विभागका महानिर्देशक टङ्कमणि शर्माले प्रहरीले दिएको कतिपय सूचना पनि पुष्टि नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।
बेपत्ता चौलागाईंका आफन्त र डिआइजी भण्डारीसहितको टोलीले बेपत्ता भएको जिल्ला कार्यालय र आसपासका क्षेत्रमा पुगी बेपत्ता चौलागाईंका बारेमा जानकारी लिएको छ ।
क्षेत्रीय निर्देशक चौलागाई गत साल कात्तिक १९ गतेदेखि अज्ञात हुनुहुन्छ । सो समयमा उहाँको खोजीका लागि डिआइजी भण्डारीको संयोजकत्वमा आयोग गठन भएको थियो ।

0 comments:
Post a Comment