Sahara Sansar

Monday, April 18, 2011

गोरखाको बाह्रमुलेमा खानेपानी निर्माण काम तीव्र

बैशाख ५  गोरखा । गोरखा जिल्लाको उत्तरी भेग अन्र्तगतको क्षेत्र ३ का छ वटा गाउँ विकास समितिका वासिन्दाहरुलाई सहज रुपमा खानेपानी उपलव्ध गराउने उद्देश्यले स्वाँरा गा.वि.स.को वाह्रमुलेमा खानेपानी  निर्माणका काम तीव्रताका साथ भईरहेको छ ।

स्थानीय राजन खोला र गम्वाङ खोलावाट पानी वितरण गरिने भएको हो ।दुई वर्ष अघि देखि काम शुरु गरिएको योजनाले ट्वाईलेट प्यान वितरण र मुहान वरिपरी सफा गर्ने काम सम्पन्न गरि सकेको बताएको छ ।

आकासे पोखरी निर्माण तथा पाईप वितरण गरिने वाह्रमुले खानेपानि उपभोक्ता समितिका अध्यक्ष खिल प्रसाद पनेरुले जानकारी दिनुभयो ।नेपाल सरकारको १२ करोड वरावरको लागत र स्थानीय वासिन्दाको श्रमदानवाट काम भईरहेको योजनाले स्वाँरा, ताकुकोट, पाँचखुवा देउराली, मसेल, पन्द्रुङ र आरुपोखरीका करिव २२ सय घरधुरीका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने उहाँले वताउनु भयो ।

सुख्खा मौसम चैत्र, वैशाख र ज्येष्ठ महिनामा पानीको मुहानहरु सुक्दा खानेपानीको लागि प्रयोग गर्दै आएको धारा, पधेंरा र कुवामा पानी नपाएर समस्या भोगिरहेका त्यस भेगका स्थानीय वासिन्दालाई योजनाबाट फाईदा भएको छ ।

पानी लिन जानका लागि घण्टौं समय खर्च गर्नुपर्ने र पानी पनि नपाउने समस्याबाट मुक्ति पाइने भएकोले आफु हर्षित भएको स्वाँरा एकका उपभोक्ता मन वहादुर गुरुङले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae