Sahara Sansar

Monday, April 18, 2011

खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने र नसके विकल्प खोज्न तयार रहनु पर्ने:मन्त्री रायमाझी


वैशाख ५ अर्घाखाँची । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले झलनाथ खनाल नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्न सकिने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको सम्मान कार्यक्रममा रायमाझीले यस्तो बताउनु भएको हो 

मन्त्री रायमाझीले खनाल नेतृत्वको सरकारलाई सकभर राष्ट्रिय स्वरुप दिने र नसके विकल्प खोज्न तयार रहनु पर्ने बताउनु भयो ।राष्ट्रियमा सहमति बिना संविधान लेखन र शान्ति प्रक्रिया टुङ्गोमा नपुगने रायमाझीको स्पष्टोक्ति छ । 

संविधान लेखन र शान्ति प्रक्रिया मुलुकको प्रमुख राष्ट्रिय कार्यभार भएकाले सरकार बनाउने र ढाल्ने खेलमा नलागी सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नरहेको रायमाझीको भनाई थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae