Sahara Sansar

Monday, April 18, 2011

खानेपानीको हाहाकार

यम चौलागाई
 बैशाख ५ सिन्धुली ।गर्मी बढेसँगै सिन्धुलीका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । गर्मी बढेसगै खानेपानीका मुहानका स्रोत सुक्न थालेपछि अहिले खानेपानीको हाहाकार हुन थालेको स्थानिय बासीले बताएका छन् । अहिले जिल्लाको वस्तिपुर, हर्षाही, टाँडी, हत्पते, बेलघारी लगायतका गाविसमा खनो पानीको समस्या देखिएको हो । 

विशेष गरी वस्तिपुरका स्थानिय बासी अहिले दिनभर पालो कुरेर बसेर पनि शुद्ध पानी खानबाट वन्चित भएका छन् । गाविसको वडा नं २ भैसे , ४ को चारघरे, ५ को गैरीशल्ले, ६ को केराबारी, र मुसीटार लगायतमा खानेपानीको हाहाकार भएको उनीहरुको भनाई छ । वस्तिपुरका स्थानिय उपभोक्ता जगत बहादुर थामी सरकारी तथा गैर सरकारी संघसंस्थाबाट संचालन गरिएका आयोजना भरपर्दो नहुदा अहिले खानेपानीको समस्या भएको बताउनुहुन्छ । गत केहिदिनअघि परेको पानीका कारण भएका मुहानहरु बिगारेपछि र अरु वैकल्पिक स्रोतको अभावमा दुषित पानी पिउनु पर्दा स्थानिय वासिन्दा रोगको सिकार बन्न बाध्य भएको पाि उनीहरुको भनाई छ ।

 यस्तै हत्पतेको १२ र ३ नं , हर्षाहीको ६ नं वडामा भएका इनार, कुवा सुकेपछि कमला नदीको धमिलो पानी पिउन बाध्य हुनुपर्दा त्यस क्षेत्रबाट दैनिक रुपमा उपचार गर्न आउने विरामीको संख्या बढ्न थालेको स्थानिय स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae