वैशाख ५ काठमाडौं । संसद् बैठकमा नेपाली कांग्रेसले अर्थमन्त्री भरतमोहन अधिकारीले स्वेतपत्रको नाममा पूरक बजेट ल्याउन खोजेको त्यसमा आपत्ति जनाएको छ । संसद्को आइतबारको बैठकमा नेपाली कांग्रेसका सभासद् दीपकुमार उपाध्यायले अर्थमन्त्री अधिकारीले संसद् चलिरहेको बेला सस्तो लोकपि्रयताका लागि स्वेतपत्रमार्फत् बजेट ल्याउन खोजेको आरोप लगाउनएका हुन ।
सभासद् उपाध्यायले अर्थमन्त्री अधिकारीले बजेटमा नपरेका कार्यक्रम पनि स्वेतपत्रमा समेटने प्रयास गरेर संसदीय परिपाटी लत्याउन खोजेको भन्दै संसद्मा स्पष्टीकरण दिन सभामुमखमार्फत् माग गर्नुभएकोछ । बैठकमा सभासदहरुले मुलुकको शान्ति सुरक्षा बिगि्रएको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै माओवादीका तिलक परियारले अपराधीक समुहले देशका विभिन्न स्थानमा िहंसात्मक घटना गराएर शान्ति प्रकि्रया भाँड्न खोजेको आरोप लगाएका थिए । सभासद् परियारले सरकारले पूर्णता नपाउँदै सत्तारुढ दलका नेताहरु राष्ट्रियता शान्ति र संविधानसभाविरुद्ध बोल्दै हिँडेको आरोप लगाएका छन । उहाँले विभिन्न बहानामा संविधानसभा भाँड्ने षडयन्त्र भएको दाबी गर्दै संविधान निर्माणमा केन्द्रित हुन सबैलाई आह्वान गर्नुभएको छ ।
नेपाली कांगे्सका अर्जुनप्रसाद जोशीले हत्या िहंसाका घटना श्रृंखलाबद्ध भएको भन्दै गृहमन्त्रीको हैसियतमा प्रधानमन्त्री झलनाथ खनालले जिम्मा लिनुपर्ने बताएका छन । सभासद् जोशीले दलीय भगबण्डा नमिलेकाले देशलाई गृहमन्त्रालयविहीन बनाएर एमाले र माओबादीले शान्ति सुरक्षामाथि खेलवाड गरेको आरोप लगाएका छन । यस अघिकी चर्चित राज्यमन्त्री तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी करिना बेगमले २२ दलको सरकारलाई कठपुतली भन्नेहरु अहिले दुई दलमा सीमिति भएको भन्दै यो सरकारलाई चाहि के भन्ने भनेर खिल्ली उडाइन । उनले जेठ १४ मा संविधान नबने मधेसका जनता आन्दोलनमा उत्रिन तयार रहेको चेतावनी दिएकी छिन ।
बैठकमा समावेसी विधेयकमा दलित जानजातिको अधिकार कटौती भएको भन्दै विश्वेन्द्र पासवान सदरुल मिया हक र रुक्मिणी चौधरीले कडा आपत्ति जनाउनुभएको थियो । बैठकले राष्ट्रिय दलित अधिकार आयोग विधेयक २०६६ माथि विचार गरियोस् भन्ने स्थानीय विकास मन्त्री उर्मिला अर्यालको प्रस्तावलाई स्वीकृत गरेको छ । त्यसैगरी उपप्रधानमन्त्री कृष्णबहादुर महराले कानुनमन्त्रीको हैसियतमा देवानी संहिता विधेयक २०६७ प्रस्तुत गर्नुभयो ।
त्यसैगरि आइतबार बसेको संविधानसभाको बैठकले मनोनित प्रकि्रया गलत भएको ठहर सर्वोच्व अदालतले गरेपछि सभासद् श्यामसुन्दर गुप्ताको सभासद् पद खारेजी गरेको छ ।
0 comments:
Post a Comment