Sahara Sansar

Monday, February 14, 2011

बर्दिया राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच भएको भीडन्तमा एक शिकारीको मृत्यु

टेकेन्द्र बस्याल फागुन २ बर्दिया ।
राष्टिय निकुञ्जबाट निस्केको सेनाको गस्ती टोली र शिकारीबीच आज बिहान भएको भिडन्तमा एक जना शिकारीको मृत्यु भएको छ, भने वन्यजन्तुको चोरीशिकारीमा संलग्न  बहालवाला सेनाका जवान पक्राउ परेका छन् । चोरी शिकारीमा संलग्न अन्य ५ जना भने फरार छन् । भीडन्तमा बर्दियाको शिवपुर गाविस ८ बस्ने जीउना भन्ने जीवन थारुको मृत्यु भएको छ । वन्यजन्तुको चोरी शिकारीमा संलग्न राजदल गण सुर्खेतमा कार्यरत पीयुष दलबहादुर चौधरी घटनास्थलबाटै पक्राउ परेका छन् । बाघको लागि उचित बसोबास क्षेत्र मानिने बर्दिया निकुञ्जको बघौरा क्षेत्रमा बिहान गोलीहानाहान भएको थियो । त्यस क्षेत्रमा पुगेको गस्ती टोलीलाई देखेपछि तस्करहरुले एक्कासी सेनाको गस्ती टोलीमाथि सदस्यहरुमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा एक जना शिकारीको मृत्यु भएको बर्दिया राष्टिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae