Sahara Sansar

Saturday, February 12, 2011

एकीकृत नेकपा माओवादी गोरखाको विज्ञप्ती

 २९, गोरखा। 
नेपाली जनताको पूर्ण मुक्ति, स्वाधिनता, स्वतन्त्रता र आमूल परिवर्तनको लागि नेपाली भूमिमा चलेको महान् जनयुद्धले आफ्नो गौरवमय १५ वर्ष पार गरेर यही २०६७ फागुन १ गतेबाट सोह्रौं वर्षमा प्रवेश गर्दैछ । यस ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा सर्वप्रथमत मुक्ति र परिवर्तनको लागि वलिदान गर्नुहुने आदरणीय शहीदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुका गहिरो स्मरण र घाइते अपाङ्ग योद्धाहरूका स्वास्थ्यलाभको कामना गरिन्छ । नेपाली जनताको त्याग, वीरता र वलिदानबाट नै नेपालमा विभिन्न समयमा हुँदै आएका सघर्ष तथा आन्दोलनले सफलता प्राप्त गर्दै आएको छ र नेपाल यो अवस्थामा आइपुगेको छ । फेरी यतिबेला क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिका बीचमा पेचिलो संघर्ष चलिरहेको छ । यस महान जनयुद्धको १६ औं वार्षिक उत्सवको अवसरमा सबै स्वाभिमानी नेपाली जनतामा जनताको संघीय गणतन्त्र स्थापना गर्न र देशीय प्रतियाक्रियावाद तथा भारतीय विस्तारवादको गठजोड योजनाबाट नेपालमा भैरहेको हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको निम्ति एकीकृत र संगठित बन्दै एउटा नयाँ विजय अभियानलाई सफलता पार्नुपर्ने अवस्था छ ।
अन्त्यमा, यस जनयुद्ध दिवसको अवसरमा आदरणीय शहीदपरिवारजन, बेपत्तापरिवाजन, घाइते तथा अपाङ्ग योद्धाहरु, शिक्षक, विद्यार्थी, किसान, मजदूर, उद्यमी, व्यापारी, व्यावसायी, मानवअधिकारवादी, पत्रकार, सुरक्षा निकाय, नागरिक समाज लगायत आम न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।


  प्रकाश
                                                              सेक्रेटरी

ए.ने.क.पा.(माओवादी), गोरखा ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae