Sahara Sansar

Tuesday, February 15, 2011

अवको साढे ३ महिनामा संविधान जारी नभई विद्रोह हुने


किरण राईफागुन ३ धनकुटा ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखीले अवको साढे ३ महिनामा संविधान निर्माण नभए आदिवासी जनजातिले विद्रोह गर्ने चेतावनी दिनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अवको साढे तीन महिनामा संविधान जारी नभए देशमा विद्रोह हुने र त्यसको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गर्ने धारणा राख्नु भयो । नेपाल आदिवासी जनजाति महासंघको अवधारणा पत्र २०६७ तयारी सम्वन्धि क्षेत्रीय परामर्श गोष्ठीका लागि धनकुटा आउँनु भएका अध्यक्ष लेखीले प्रमुख तील दलका तीन शिर्ष नेताहरुका कारण संविधान निर्माण प्रकृया अगाडी वढ्न नसकेको वताउँनु भयो । संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको संवैधानिक निकायका सदस्य समेत रहेकाले संविधान निर्माणका लागि ती नेताहरुले संवैधानिक समितिको सदस्यतालाई त्याग्नु पर्ने वताउँनु भयो । आदिवासी जनजाति, महिला तथा मुस्लिमहरुको समेत नयाँ संविधानमा अधिकार सुनिश्चित गर्नु पर्ने वताउँनु हुदै उहाँले संविधान निर्माण हुन नदिनका लागि देशी विदेशी शक्तिहरु लागि परेको वताउँनु भयो । संघीयतामा देश जाँदा टुक्रिन्छ भन्ने जनतामा भ्रम सिर्जना गरेर संघीयताको विरुद्धमा लाग्नेहरु प्रसस्तै रुपमा रहेका वताउँनु हुदै उहाँले आदिवासी जनजातिका कारण देश नटुक्रिने र त्यसको जिम्मेवारी नेपाल आदिवासी जनजातिले लिने वताउँनु भयो । पत्रकार भेटघाट कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae