Sahara Sansar

Monday, February 14, 2011

राजनीतिक अवस्था झोलुङ्गे पुल जस्तै

राजेन्द्र न्यौपाने
फागुन २ गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अहिलेको राजनीतिक अवस्था झोलुङ्गे पुल जस्तै भएको बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघ दुर्लभ उच्च माध्यमिक विद्यालय निर्वाचन क्षेत्र नं. ३, मसेल ९ घ्याम्पेसाल गोरखाको आयोजनामा भएको दुईदिने प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

गुरुङले अहिलेको अवस्था हेर्दा कुन बेला अड्कने र कुन बेला पार हुन्छ भन्ने पत्तो नभएको बताउनु भयो ।

अहिले जे जस्तो गठबन्धन देखिएपनि सरकारमा काँग्रेसको पनि सहभागिता रहनु आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल विद्यार्थी संघ स्कुल अभियान संयोजक ठाकुरप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घलेको विषेश आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रमोदहरी गुरागाई एवम् गणेश भट्ट, केन्द्रीय सदस्य हिमाल दत्त श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नन्दप्रसाद न्यौपाने लगायत नेविसंघ स्कुल इकाइका सदस्यहरुको सहभागिता रहेको नेपाली काँग्रस गोरखाले बताएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae