Sahara Sansar

Wednesday, March 2, 2011

जोमसोममा न्युनतम शर्तमापन तथा कार्य सम्पादन, मुल्याकन सम्बन्धि अन्तरक्रिया

0 comments

 चन्द्रेश्वर बस्ताकोटी
 फागुन १८ मुस्ताङ।जिल्ला विकास समिति मुस्ताङको आयोजनामा बुधबार जोमसोममा न्युनतम शर्तमापन तथा कार्य सम्पादन, मुल्याकन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय निकाय वित्तिय आयोगले मुस्ताङ जिविसको काम कारबाहीका विषयमा गरेको मूल्याङ्कन सार्वजनीक गरिएको थियो । आयोगका उपसचिव शालिग्राम रिजालले बित्तिय व्यवस्थापन, बजेट निकाशा र कार्यक्रम कार्यान्वयन, सञ्चार र पारदर्शीता, अनुगमन तथा मूल्याङ्कन लगायत विषयमा गरिएको मूल्याङ्कन नतिजा सार्वजनीक गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी श्यामराज अधिकारीले गत आर्थीक बर्षको मूल्याङकनमा सामान्य अकं पाएपनि आगामी वर्ष अंक थप गर्ने पहल गर्ने बताउनुभयो । गत आर्थिक वर्षमा पेश्की बढी भएकाले मुस्ताङ जिविसले आयोगबाट पाउने १५ लाख ५२ हजार रुपैया अनुदान गुमाएको थियो ।                                              

Read More......

Tuesday, March 1, 2011

जय भोले बाबा !

0 comments

 महा-शिवरात्रीको अबसरमा पशुपती क्षेत्रमा एक साधु  गाँजा  तान्दै फोटो: साहारा संसार   

Read More......

सातवुदे सहमती खारेज हुनुपर्ने अर्जुन नरसिंह केसीको भनाइ

0 comments

कुल तामाङ्
 फागुन १७ नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले एमाले र माओवादी विच भएको सातवुदे सहमती खारेज हुनुपर्ने वताउनुभएको छ । दुई दलका नेताहरु विच भएको सो सहमती शान्ति र लोकतन्त्र विरुद्ध भएकोले खारेज गर्नुपर्ने उहाँले वताउनु भयो ।

नेपाल शिक्षक संघ नुवाकोटको प्रतिनिधी भेलालाई मंगलवार विदुरमा सम्वोधन गर्दै नेता केसीले अन्तरिम संविधान विरुद्ध भएको व्यक्तिगत सहमती कार्यान्वयन गर्न खोजिए कांग्रेस विरोधमा उत्रने उहाँले वताउनुभयो । एमाले र माओवादीको नेतृत्व तहको स्वार्थले मुलुक गम्भिर अवस्थामा पुग्दै गएको वताउँदै नेता केसीले अहिलेको अवस्था हेर्दा तोकिएको समयमा कुनैपनि हालतमा संविधान जारी हुन नसक्ने दावी गर्नुभयो ।

उहाँले कांग्रेस कुनैपनि हालतमा सरकारमा जान नहुने र प्रतिपक्षमा नै वसेर रचनात्मक भूमिका खेल्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक युनियनले लामो समय शिक्षण सेवा गर्ने नुवाकोटका १० जना शिक्षकहरुलाई अभिनन्दन गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले शिक्षकहरुलाई दोसल्ला ओडाएर कदरपत्र सहित सम्मान गर्नुभएको हो ।

सम्मानित हुने शिक्षकहरुमा अमरबहादुर श्रेष्ठ, हिराराम पाण्डे, देवकी डोटेल, दिपकराज थापा, झब्बरप्रसाद यादव, पुरुषोत्तम प्याकुरेल, महेश्वर पाठक, नानीकाजी तिवारी र रुक्मिणी नेपाल रहनुभएको छ । कार्यक्रममा सहभागी केही शिक्षकहरुले धाजलीपूर्ण तरिकाले आफ्ना नजिकका शिक्षकहरुलाई मात्र सम्मान गरेर लामो योगदान दिने शिक्षकलाई पाखा पारेको भन्दै कार्यक्रम स्थलमै विरोध गरेका थिए ।

Read More......

श्रीनाथकोटमा नेविसंघ ईकाई कमिटी गठन

0 comments

 अनुप बाबु श्रेष्ठ
 फागुन १७   गोरखा।   चन्द्रोदय निमावि श्रीनाथकोटमा मंगलवार नेविसंघ ईकाई कमिटीको गठन गरीएको छ । नेविसंघ जनकल्याण उच्च माविका सभापती रञ्जित पोखरेल, नेविसंघ जनकल्याण मावि ईकाई सभापती सुरज गुरुङ, नेविसंघ  श्रीनाथकोट गाँउकमिटी उपसभापती सेखर पाण्डेको उपस्थितीमा कमिटी गठन गरिएको हो ।

नवगठित ईकाई समितीको सभापति धिरज गुरुङ, उपसभापती विकास गुरुङ, सचिव रजनी लामिछाने, सहसचिव सुरज गुरुङ, कोषाध्यष्क्ष रुपा गुरुङ, सहित ५९ सदस्य रहेकाछन् ।

सोही अवसरमा नेविसंघ श्रीनाथकोट गाँउ कार्यसमितीका उपसभापती सेखर पाण्डेले नवगठित ईकाई समितीलाई खेलकुद सामाग्री पनी हस्तान्तरण गर्नुभयो ।

Read More......

कङ्साकार श्वासप्रश्वासमा उत्पन्न समस्याका कारण अस्पताल भर्ना

0 comments

 फागुन १७ काठमाडौं। नयाँ विमान खरिदका निम्ति गरिएको बैनामा आर्थिक अनियमितता गरेको अभियोगमा जेल चलान गरिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कङ्साकार श्वासप्रश्वासमा उत्पन्न समस्याका कारण मंगलवार  अस्पताल भर्ना हुनुभएको छ । “छातीमा समस्या देखिएकाले कङ्साकारलाई भर्ना गरिएको छ” –त्रिपुरेश्वसस्थित काठमाडौँ अस्पतालका एक चिकित्सकले  बताए ।

विशेष अदालतले रु छ करोड धरौटी राख्न दिएको आदेश पूरा गर्न नसक्दा गत आइतबार कङ्साकार कारागार चलान भएका थिए ।

यसैबीच नेवा जागरण मञ्च र निगमका कर्मचारीले कङ्साकारलाई परिबन्धमा पारिएको दाबी गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।

मञ्च र कर्मचारीले आज अपराह्न काठमाडौँमा, कङ्साकारका पक्षमा जुलुस प्रदर्शनसमेत गरेका थिए । रासस

Read More......

त्रिशूलीको चिसो पानीमा र्याफ्टिङको मज्जा

0 comments

कुल तामाङ्
 फागुन १७ नुवाकोट ।  र् याफ्टिङको मज्जा लिनेका लागी त्रिशूली नदीको चिसो पानीमा हेलिदै छेलिदै देविघाट देखि गल्छी जाने मौका जुरेको छ । यो मौका जुराईदिएको हो लोटस वेव नेपालले गतसाताबाट नुवाकोटमा पनि  र् याफ्टिङ सञ्चालन गरेर ।
सरकारले घोषणा गरेको पर्यटन बर्षलाई सफल बनाउन निजी क्षेत्रको प्रयासमा जिल्लामा जल विहारको सुरु भएको हो । परिक्षणको रुपमा धेरै पटक  र् याफ्टिङ सञ्चालन भए पनि अहिले भने छोटो समयको लागी व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालन गरिएको सञ्चालक विनोद दाहालले बताए ।

 र् याफ्टिङ बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र भए पनि नुवाकोटमा भने बाह्य भन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो शुल्कमा सुरु गरिएको आयोजकले जनाएको छ ।

लोटस वेव प्रालि अन्र्तगत ¥याफ्टिङ तथा कायाकिङ सेन्टरले सञ्चालन गरेको देविघाट गल्छी  र् याफ्टिङको १७ किलोमिटर रहेको छ । देविघाटबाट सुरु भएर बुधसिं घाट, रातमाटे, तारुकाघाट, कोल्पु दोभान हुदै धादिङको गल्छीमा गएर जलविहार टुङ्गिने गर्दछ ।

जलविहार गर्नको लागी जिल्लाका विभिन्न कार्यालयका कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता बढीरहेको छ । त्रिशूली नदीमा जल विहारमा प्राकृतिक दृश्यवलोकन गर्दै हिड्नुको आनन्द उठाउन मानिसहरु ओइरिन थालेका छन् ।
देविघाट गल्छी ¥याफ्टिङ गरेर फर्किएका एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले निरन्तर  र् याफ्टिङ सञ्चालन भएमा

जिल्लाको पर्यटन प्रवद्र्धनको लागी सहयोग पुग्ने बताउनुभयो । प्रचार प्रसार गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सक्ने अध्यक्ष खतिवडाले बताउनुभयो ।

अत्याधुनिक डुङ्गामार्फत सञ्चालन भईरहेको  र् याफ्टिङमा आकर्षण बढिरहेकोले १५ दिन सञ्चालन गर्ने भनिए पनि केही दिन थपिने सञ्चालक दाहालले बताउनुभयो ।

Read More......

संविधानसभा विषयगत समितिहरुको मस्यौदा प्रतिवेदनमाथि गोरखामा छलफल

0 comments

राजेन्द्र न्यौपाने
 फागुन १७ गोरखा। संविधानसभा विषयगत समितिहरुको मस्यौदा प्रतिवेदनमाथि मंगलवार गोरखामा छलफल भएको छ । छलफलमा राजनैतिक विष्लेशक श्याम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।सत्यम होटलको सभाहलमा भएको छलफल कार्यक्रमको व्यवस्थापन गोरेटो गोरखाले गरेको थियो ।

जिल्ला नागरीक सचेतना समूह र  नागरिक शिक्षा परियोजनाका सहास नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
 नेपालमा नागरीकका हकहरु, संविधानसभाबाट नयाँ संविधानमा व्यवस्था हुन लागेका नयाँ हकहरु,नयाँ संविधामा राज्यको पुनः संरचना, नयाँ राज्य प्रणालीको स्वरुप, संरचना र विशेषताहरुको बारेमा छलफल गरिएको थियो ।

 कार्यक्रममा सहभागिहरुले संविधासभाबाट पनि जनताको पक्षमा संविधान बन्ने संकेत नदेखिएकाले अवको कार्यदिशा जनविद्रोह नै भएको ठहर गरेका छन् ।

नयाँ बन्ने संविधानमा पूर्ण शिक्षा,पूर्ण स्वास्थ्यको ग्रेन्टी गर्नुपर्ने र अनिवार्य रोजगार प्रदान गर्नुपर्ने कुरा लेख्नुपर्ने सहभागिहरुले बताएका छन् । एसीया कै उत्कृष्ट संविधान बनाउन लागिएको राजनीतिक विष्लेशक श्याम श्रेष्ठले दावी गर्नुभयो ।
      
कार्यक्रममा सहभागिहरुले नयाँ संविधानसभाबाट बन्ने संविधानले नागरिकका सबै अधिकारको ग्रेन्टी गरेको हुनुपर्ने अन्यथा संविधान जारी भएकै दिनदेखि जनताले आन्दोलन गर्नुपर्ने परिस्थिति नहोस् भनेर सुझाव दिएका छन् ।

संविधान निर्माणका लागि गरिएको घरदैलो अभियानमा सभासदहरु गाउँ गाउँसम्म नपुगेको भन्दै सहभागिहरुले दुःखसमेत व्यक्त गरेका थिए ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae