चैत्र २९ काठमाण्डौ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको ६० वर्षदेखिको चाहना यसपालि पनि अधुरो रहेमा मुलुकमा निरङ्कुशता जन्मन सक्ने बताउनुभएको छ ।प्रेस चौतारी कपिलवस्तुले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सके सर्वसम्मत नत्र दुई तिहाई बहुमतबाट संविधान निर्माण गरिनुपर्ने बताउनुभयो ।उहाँले संविधान निर्माणको क्रममा देखिएका विवादहरु समाधान भैसकेको भन्दै बाँकी विवाद समाधानका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।केही पनि काम नगरी संविधानसभाको म्याद मात्र थप्ने काम जनतालाई स्वीकार्य नहुने बताउँदै उहाँले जेठ १४ भित्रै संविधान बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।बिग्रँदो शान्तिसुरक्षाप्रति चिन्ता प्रकट गर्दै उहाँले प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकृष्ट गर्न आफूले आग्रह गरेको पनि उहाँले बताउनुभयो ।
Sahara Sansar
Tuesday, April 12, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment