एसवी गौतम चैत ३० सिन्धुली
सिन्धुलीको हरिहरपुरगढी गाविस ४ महादेवस्थानमा मङ्गलवार दिउसो ४ः १५ बजे परेको चट्याङ लागी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष १८ का चमार िसंह घिसिङ वर्ष २४ मछिन माया रुम्वा र वर्ष १५ भरत विक रहनुभएको छ । अन्य २ जना सामान्य घाइते भएका छन । घटनावारे सत्यतथ्य बुझ्न प्रहरी टोली घटनास्थलतफै जादै गरेको सिन्धुलीका प्रहरी सहायक निरिक्षक राजेन्द्र पास्वानले जानकारी दिनुभएको छ ।
यसअघि सिन्धुलीको कमलामाइ नगरपालिका वडा नं ७ बेलगाछीमा हिजो दिउँसो चट्याङ पर्दा एक जना गम्भिर घाइते भएका थिए । बेलगाछी स्थित शुभलाल स्याङ्वाको घरमा करिव २ वजेतिर परेको चट्याङबाट शुभलाल स्याङ्वाकी श्रीमती सोममाया स्याङवा गम्भीर घाइते भएकी हुन् । घाइतेलाइ उपचारका लागि धरान लगिएको त्याहाँका स्थानिय हरिमाया वाइबाले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment